Sarawal sit lahar Notis

नवलपरासीको ग्रामिण साकोस नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत

0 295

कृष्ण ढकाल
बर्दघाट,पुष–१४

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कूनले पश्चिम नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्थालाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत गरेको छ ।

२०५१ साल फाल्गुन १ गतेवाट सेवा शुचारु गरेको ग्रामिण साकोसले अहिले करिब ८२ करोडको आर्थिक कारोवार गरीरहेको र ११ हजार बढी सेयर सदस्यहरु आबद्ध रहेको संस्थाका अध्यक्ष देवि प्रसाद अधिकारीले बताउनु भएको छ ।

नवलपरासी जिल्लाको बर्दघाट–७ जिमिरेभारमा केन्द्रिय कार्यालय र अन्य चार स्थानमा सेवाकेन्द्रहरु मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरहेको यस संस्थाले एशियाली स्तरको एक्शेस ब्राण्ड, नेपाल स्तरको प्रोभेसन ब्राण्ड, नेफस्कूनबाट लुम्बिनी प्रदेशको उत्कृष्ट साकोस र राष्ट्रिय सहकारी बैंकबाट लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी, राष्ट्रिय सहकारी महासंघ बाट पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भईसकेको छ भने आर्थिक बर्ष २०७८/०८९ मा नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत हुन सफल भएको संस्थाका निर्वतमान अध्यक्ष तथा संस्थाका सल्लाहकार रविन्द्र बिक्रम हमालले बताउनु भएको छ ।


नेफस्कुनमा करिब ४ हजार ५ सय सहकारीहरु आबद्ध रहेका छन भने ति मध्ये ९३ वटा सहकारीहरुले मात्र नेफस्कूनले प्रदान गर्ने पुरस्कारका लागि आफ्नो कार्य सम्पादनका विवरणहरु भरेर आवेदन दिएको संस्थाका ब्यवस्थापक अनन्त पाण्डेले बताउनु भएको छ ।
पुरस्कार प्राप्तका लागि संस्थाको सुसाशन,निति,विधि,प्रविधि र सेवा प्रवाहको प्रभाव,संस्थाको वित्तिय अवस्था,संस्थाको दिगो सफलता लगाएतका विषयमा नम्वरी्ग गरेरमात्र सर्बाेकृष्ट चयन गर्ने गरेको ब्यवस्थापक पाण्डेले बताउनु भयो ।
यही पौष ८ गते ग्रामिण साकोसलाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत सहित प्रशंसा पत्र प्रदान गरेसंगै बुधवार संस्थाका संचालक समितिले आफ्नो केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलनको आयोजान गरी ग्रामिण साकोसलाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत गरेको जानकारी गराएका थिए ।

Leave A Reply

Your email address will not be published.