Sarawal sit lahar Notis

सरकारी तलब सेवा सुबिधा लिनेले सन्तानलाई सामुदायिक बिद्यालयमा पढाऊ ः महासंघ नवलपरासी

0 136

बर्दघाट,पुष–१३

सामुदायिक बिद्यालय ब्यवस्थापन समिति महासंघ–नेपाल बर्दघाट नगर समितिले मंगलवार नगर अध्यक्ष अर्जुन प्रसाद शर्मा मरासिनीको नेतृत्वमा बर्दघाट नगरपालिकामा पुगेर ७ बुँदे अनुरोध पत्र बुझाएको जनाएको छ ।

महासंघले राज्यकोष बाट तलब सेवा सुबिधा लिने कर्मचारी शिक्षक र जनप्रतिनिधिले आफ्ना छोरा छोरीलाई सामुदायिक बिद्यालयमा पढाउनुपर्नेलगायतका सात बुदें अनुरोध गरेको मरासिनीले जानकारी दिनुभयो ।

नगरपालिकाले संशोधन गर्न लागेको नगर शिक्षा ऐनमा महासंघको तर्फबाट एक जना प्रतिनिधि राख्न, नगरमा एउटै पाठ्यपुस्तक र शैक्षिक क्यालेन्डर लागु गर्न, बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष निर्वाचित भएका अभिभावकबाट गराउन,दरबन्दी मिलान र जति कक्षा सम्म बिद्यालय संचालन भएको छ सोही बमोजिम कम्तीमा सोही तहको एक स्थायी शिक्षक ब्यवस्था गर्न , कक्षा ११ र १२ लाई १० बजे देखि ४ बजे सम्म गराउन अनुरोध गरिएको छ । महासंघले नगर प्रमुख शम्भुलाल श्रेष्ठ , उपप्रमुख रुद्र प्रकाश उपाध्याय , प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लोकनाथ पन्थीलाई छुट्टाछुट्टै भेटघाट गरेर आफ्नो ध्यानाकर्षण सहितको अनुरोध गरेको अध्यक्ष मरासिनीले जानकारी गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.