Jilla Ban Notis

उत्पादनमा भन्दा परनिर्भरतामा बढी जोड दिएका कारण देश आर्थिक समृद्धि हुन सकेन ः प्रदेश प्रमुख शेरचन

0 78

कृष्ण ढकाल
बर्दघाट,पौष–१

उत्पादनमा भन्दा परनिर्भरतामा बढी जोड दिएका कारण देश आर्थिक समृद्धि हुन नसकेको भन्दै अब सबैले उत्पादन तर्फ केन्द्रित भएर अघिबढ्न लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आग्रह गर्नु भएको छ ।

बर्दघाट उद्योग वाणीज्य संघ पश्चिम नवलपरासीले आयोजना गरेको छैठौं बर्दघाट कृषि,पर्यटन तथा औधोगिक ब्यापार मेला–२०७९ को समुद्घाटनगर्दै प्रदेश प्रमुख शेरचनले उक्त आग्रह गर्नु भएको हो। उहांले नेपालमा रहेका खानीहरुको उत्खनन् र सदुपयोग गर्न नसकिएको बताउदै अब नेपालका सबै खानीहरुको सहि सदुपयोग गर्न सकेमात्र देशको आर्थीक अवस्थामा सुधारआउने र समृद्ध नेपाल बन्नसक्ने धारणा ब्यक्त गर्नु भएको थियो । त्यसैगरी बेला बखतमा आयोजना हुने मेला महोत्षबहरुवाट बिभिन्न प्रकारका सिप तथा ज्ञान आर्जन गरेर उत्पादनमा जोडिन सक्नेगरी मेलालाई सदुपयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
फरक प्रसंगमा प्रदेश प्रमुख शेरचनले राणाकाल,पञ्चायत,बहुदल र गणतन्त्रलाई नजिकवाट हेरेको भोगेको र अनुभुति गरेको बताउदै सबै भन्दा बढी देशप्रतिको माया,चिन्ता र चांसो पहिले जस्तो अहिले कम भएको अनुभव राख्नु भएको थियो ।

त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले कृषि उत्पादन र बजारीकरण देखि औद्योगिकरण निमार्ण र उद्योग निति निमार्णमा आफु कतिवद्धभएर लाग्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा भएको मेला समुदघाटन कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ लगाएत विभिन्न राजनितिक दलका नेता तथाविभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

बर्दघाट–४ हरियाली नगरको बर्दघाट मण्डबमा शुरु भएको मेलामा करिव ५५ लाख देखि ६० लाख सम्म खर्च र ३ करोड बराबरको आर्थिक कारोवार हुने तथा १ लाख ५० हजार दर्शकले मेला अवलोकन गर्ने अनुमान गरीएको आयाजक संस्थाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.