Jilla Ban Notis

दाउन्नेदेवी महिला बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटको बार्षिक साधारणसभा सम्पन्न

0 161

रामु भुसाल

मंसिर २५
पश्चिम नवलपरासीको दाउन्नेदेवी महिला बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बर्दघाट ४ को २५ औँ बार्षिक साधारण सभा आइतबार बर्दघाटमा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष देवी पौडेलको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न् कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सहकारीले ऋण र बचतमा मात्र ध्यान नदिई आफ्ना शेयर सदस्यहरुलाई उत्पादन संग जोड्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै जिल्ला सहकारी संघका उपाधयक्ष बृहस्पति अधिकारीले सहकार्य बाट नै सहकारी संचालन हुने हुदा शेयर सदस्य र सञ्चालकको ईमान्दारिता बाट सहकारी उत्कृष्ट हुने बताउनुभयो । सभामा अध्यक्षको प्रतिबेदन अध्यक्ष देवी पौडेलले आर्थिक बर्ष २०७८, ०७९ को प्रगति विवरण तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा संयोजक रिना गौचनले प्रस्तुत गर्नुभएको थियो । साथै लेखा परिक्षणको प्रतिबेदन सस्थाकी ब्यवस्थापक हिरा देवी शाहीले सस्थाको कुल १६ करोड ५० लाख ६६ हजार ४ सय १२ रुपिया बराबरको आय ब्यय विवरण प्रस्तुत गर्दै सस्थाले ५३ लाख ४९ हजार ८ सय ५० रुपिया शुद्ध नाफा गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सम्पुर्ण सहकारीको तर्फ देखी संकल्प बहेउदेश्यिय सहकारी सस्थाका अध्यक्ष छविलाल खरेल, संघ सस्थाको तर्फ देखी बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, महिला तथा बालबालिका शाखा बर्दघाटकी प्रमुख अप्सरा सुवेदी लगाएतले मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमा संस्थामा उत्कृष्ट बचत कर्ता, बाल बचतकर्ता, जेष्ठ शेयर सदस्य, सेवा कोषमा उत्कृष्ट सहयोगी, उत्कृष्ट ब्यवसायी, सेयर सदस्य लगाएत गरि १७ जनालाई नगद सहित सम्मानपत्रले सम्मानित गरिएको थियो । सस्थाकी उपाध्यक्ष लक्ष्मी शर्माको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी बर्तौलाले गर्नुभएको थियो ।
बर्दघाट नगरपालिका कार्य क्षेत्र रहेको यस सस्थामा कुल २ हजार १ सय ५९ महिला शेयर सदस्य रहेका छन भने सस्थाले परासीमा घरेलु हिंसा बाट पिडित महिलाहरुको लागी अल्पकालिन आश्रयस्थल जिल्ला सेवा केन्द्र २०६६ साल देखी निरन्तर सञ्चालन गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.