sarawal

बर्दघाट नगरपालिकाद्धारा फोहरमैला प्रशोधन केन्द्र निमार्ण अभियान शुरु ।

फोहरमैला ब्यवस्थापन कार्यमा संलग्न सरसफाईकर्मीहरुलाई सम्मान तथा पुरस्कार वितरण ।

107

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२
बर्दघाट नगरपालिकाले नगरको फोहरमैला ब्यवस्थापन र स्यानिटरी ल्याण्डफिल साईट निर्माण कार्यको थालनी गरेको छ । नगरवासीहरुले उत्पादन गरेको फोहरमैलालाई बेलैमा उचित ब्यवस्थापन गरी नगरलाई स्वच्छ,स्वस्थ र समुन्नत नगरको रुपमा स्थापना गर्ने उद्धेश्यले बर्दघाट नगरपालिकाले फोहरमैला ब्यवस्थापन र स्यानिटरी ल्याण्डफिल साईट निर्माण गर्नेकार्यमा तिव्रताका साथ लागि परेको छ ।
अभियान अन्र्तगत आज नगरपालिकाले फोहरमैला ब्यवस्थापन कार्यमा संलग्न सरसफाईकर्मीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्य सम्पन्न् गरेको थियो ।
नगरको फोहर ब्यवस्थापनमा खटीने सवारी चालक र सह–चालकहरुलाई आज एक कार्यक्रमका विच नगर प्रमुख शम्भुलाल श्रेष्ठ,नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्याय र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा सम्मान तथा पुरस्कृत गर्नु भएको थियो ।

सम्मान तथा पुरस्कृत हुनेमा लेख बहादुर विश्कर्मा,टंक बहादुर चेपाङ्ग,सन्त बहादुर चौधरी, देव बहादुर नेपाली,प्रेम श्रेष्ठ,बाबुराम कुवंर,दुखन चमार,गोपाल थारु,मोहन राना,अनिल थारु र चन्द्र बहादुर दर्जी रहेका छन् । उनीहरुलाई जनही पाँच हजार नगर सहित दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।

बर्दघाट नगरको फोहरमैला ब्यवस्थापनमा अहिले बर्दघाट बजार विकास समिति,पञ्चनगर बजार विकास समिति,जिमिरेभार बजार विकास समिति र सूर्य ज्योती युवा क्लव बर्दघाट–२,चिसापानीले कामगर्देै आईरहेका छन् ।

नगरको फोहर संकलनमा खटिने सरसफाईकर्मीहरुलाई बढि सचेत र सजक संगै जिम्मेवार बनाउन सके कुहिने र नकुहिने फोहर ब्यवस्थापनमा बढी सहज हुने भन्दै उनीहरुलाई सम्मान र पुरस्कृतगरी अभियानलाई थप प्रभावकारी बनाउन खोजीएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको थियो ।

फोहरमैला ब्यवस्थापनमा बर्दघाट नगरवासीहरुलाई नै बढी जिम्मेवार गराउन सके फोहरमैलाको दिगो ब्यवस्थापन हुने भएकाले कुहिने र नकुहिने फोहर एकै ठाउँमा नफाल्न नगरवासीहरुलाई विभिन्न प्रकारका सचेतनाका अभियान संचालन गर्ने देखि विभिन्न प्रकारका योजनाहरु अघि बढाईने नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

सम्मानित तथा पुरस्कृत सरसफाईकर्मीहरुसंग सामुहिक तस्विर लिदै

 

त्यसैगरी नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले नगरको फोहरमैलाको ब्यवस्थापन गर्ने कार्यको शुरुवाद अहिलेको बर्षमा पनि नगरे गतवर्ष जस्तैगरी संघले दिएको बजेट फ्रिजभएर जाने भएकाले अहिले नै शुरु गर्न लागीएको बताउनु भएको थियो । अहिले टिसिएन चोक माथी रहेको अहिले सम्मको सबै फोहरलाई भोलीबाट नै खाल्टो खनेर पूर्णरुपले पुर्ने कार्य शुरु गर्ने र त्यसपछि फोहर छुट्टाएर ब्यवस्थापन गर्न लाग्ने गरी प्रक्रिया शुरु भएको समेत जानकारी गराउनु भएको थियो ।

फोहर ब्यवस्थापनकै सवालमा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले सात प को अवधारणा अनुसार सबै लागीपरे सहज रुपमा सम्भव रहेको धारणा राख्नु भएको थियो । फोहरमैला ब्यवस्थापनका लागि प्रवृतिमा सुधार,पूर्वाधारमा सुधार, प्रणालीमा सुधार,प्रविधिको अवलोकन,प्रचार प्रसार र परिपालना लगाएतका विषयमा सबै गम्भीरभएर लागे असम्भब नरहेको धारण राख्नु भएको थियो ।
उहांले अहिले संघले विनियोजन गरेको २ करोड वजेटबाट जथाभावी फालिएको फोहरलाई पुर्ने ,कुहिने फोहोर फाल्नको लागि नयाँ खाल्डो खन्ने ,विसासय खोलादेखि फोहोर थुपार्ने स्थानसम्मको सडकलाई ग्राभेल गर्ने , दुईवटा ट्रस निर्माण गर्ने र नकुहिने फोहोर व्यवस्थापन गर्ने ,विद्युतपोल र तारको व्यस्थापन गर्ने, चारैतिरबाट तारबार लगाउने काम गर्न सकिने बताउनु भएको थियो ।

त्यसैगरी आवश्यक मेशिनरी औजार खरिद गर्ने ,फोहोरमैला प्रशोधन केन्द्रको प्रवेशद्वारमा ग्रिन बगैचा निर्माण गर्ने,तालिम सूचना र सचेतिकरण प्रसार प्रसार तथा तालिम संचालन गर्ने लगाएतका कामगर्न सकिने भएकाले सबै सरोकारवालाहरु एक भएर लाग्न जरुरी रहेकामा जोड दिनु भएको थियो ।

फोहरमैला ब्यवस्थापन तथा सरसफाईको क्षेत्रमा काम गर्देआएका बर्दघाट बजार विकास समिति,पञ्चनगर बजार विकास समिति,जिमिरेभार बजार विकास समिति , सूर्य ज्योती युवा क्लव बर्दघाट–२,चिसापानी,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ,जनप्रतिनिधि,पत्रकारहरु लगाएतको उपस्थितीमा भएको उक्त कार्यक्रममा बोल्दै बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा गौतमले फोहरमैला ब्यवस्थापनमा बर्दघाट बजार विकास समिति पूर्ण रुपमा सहयोग गर्न र नेतृत्व लिन तयार रहेको बताउदै नगरपालिकाले नितिगत र आर्थिक रुपमा पूर्ण सहयोग गर्नु पर्ने धारणा राख्नु भएको थियो । आर्थिक सहयोगनिवा फोहर ब्यवस्थापन गर्न कठीन भएकाले नगरपालिकाले नितिगत रुपमा नै योजना ल्याउनु पर्ने र फोहरलाई आयस्रोतमा परिणत गर्नेगरी अघि बढ्ने र फोहर उत्पादन गर्नेहरुको वर्गीकरण गरी शुल्क निर्धारण गर्नु पर्नेधारण राख्नु भएको थियो ।

त्यसैगरी पञ्चनगर बजार विकास समितिका अध्यक्ष रामजी चापागाई र,जिमिरेभार बजार विकास समिति अध्यक्ष नरेन्द्र थापाले बर्दघाटसंगै अन्य बजार विकास समितिले उठाएको फोहर ब्यवस्थापन गर्ने कार्यमा पनि नगरले चाँसो लिनु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष धातानन्द बस्यालले प्रत्येक नागरीकलाई स्वच्छ खानेपानी दिनका लागि कटिबद्ध रहेको संस्थाले वितरण गरेको खानेपानी फोहर प्रसोधन केन्द्र स्थापना गर्दा खानेपानी प्रदुषण हुन्छकि ? भन्ने चिन्ता ब्यक्त गर्नु भएको थियो ।

बर्दघाट खानेपानी संस्थाको सभाहलमा भएको फोहरमैला ब्यवस्थापन कार्यमा संलग्न सरसफाईकर्मीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकारहरुको तर्फदेखि बोल्दै
नेपाल टेलिभिजनका पत्रकार कुस्माकर ढकाल (कृष्ण)ले घरेलु फोहरमैलाको स्रोतमा वर्गीकरण गरी विसर्जन स्थलको उपयोगलाई दिगो बनाउने नगरपालिका नै बढी जिम्मेवार हुनु पर्ने धारण राख्नु भएको थियो । उहांले फोहर मैलाको संकलन,ढुवानी तथा र्सिजनमा आधुनिकीकरण गर्न जरुरी रहेको बताउदै आधुनिक प्रविधिहरुको उच्चतम प्रयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
त्यसैगरी फोहर मैलाको ब्यवस्थापनमा सबै भन्दा बढी नगरपालिका जिम्मेवार भएर कार्यपालिकावाट नै ऐन कानुन बनाएर फोहर कार्ड लागु गर्ने ,टोल विकास समितिलाई सक्रिय बनाउने देखि फोहरको उचित ब्यवस्थापन गर्न नगरवासीहरुलाई सचेत गर्न सके स्वच्छ र स्वस्थ वातावरणमा रम्न र वातावरणणीय प्रदुषण मुक्त भएर जिउन सकिने धारण राख्नु भएको थियो । त्यसका लागि सबैले आफुले उत्पादन गरेको फोहर आफैले ब्यवस्थापन गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/