Jilla Ban Notis

तपाई मलाई भोटदिनु म तपाईलाई विकासको अनुभुति दिने छु ः पुण्य प्रसाद पौडेल

0 78

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२३
किसानको समस्या अहिलेको जल्दोबल्दो समस्या भएकाले त्यसको समाधान गर्न आफु प्रतिवद्ध भएर लाग्ने बाचा गर्दै नवलपरासी निर्वाचन क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्य पदका उमेदवार पुण्य प्रसाद पौडेलले आज बर्दघाट नगरपालिकाको वडा नं. १० र ११ का जनताको घरदैलोमा पुग्नु भएको थियो ।

अहिले किसानले पैसा तिरेर पनि समयमा सर्वशुलभ तरीकाले मल विउ र सिंचाई नपाएको अवस्थामा आफुले जितेर गएपछि सदनमा पहिलो मुद्धाका रुपमा यसै विषयमा कुरा उठान गर्ने र नितिगत रुपमा सहज तरीकाले किसानले प्राप्त गर्ने वातावरण तयार गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी जनतालाई स्वास्थ्य,शिक्षा र रोजगारीको समेत सर्व सुलभता बनाउनु पर्ने बिषमा पनि आफ्नो ध्यान केन्द्रित रहने बताउदै जनतासंग सूर्य चिन्हमा मतदान गरी आफु र आफ्नो पार्टीलाई नेतृत्वमा पुर्याउन जनतासंग आग्रह गर्नु भएको थियो ।

घरदैलो कार्यक्रममा जनताहरुले आफ्ना समस्याहरुका वारेमा नेताहरु जानकार त हुने तर समस्याको समाधान गर्न भने आनाकानी गर्ने परिपाटीका कारण नेताहरु प्रति वितृष्णा जागेको भन्दै उमेदवार पुण्य प्रसाद पौडेललाई त्यसो नगर्न आग्रह गरेका थिए । यसअघिका नेताहरुले किसानका लागि केहि क्षेत्रमा सिंचाई र खानेपानीको राम्रो ब्यवस्थासंगै सडक र सामाजिक भवनहरु बनाउने काम गरेपनि किसानका लागि मल र विउको राम्रो ब्यवस्था गर्न नसकेको भन्दै त्यो समस्या समाधान गर्न आग्रह गरेका थिए ।

भोट माग्ने क्रममा उमेदवार पौडेलले जनताहरुसंग तपाई मलाई भोटदिनु म तपाईलाई विकासको अनुभुति दिलाउने छु भन्दै विश्वस्त पार्दै घर दैलो गर्नु भएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.