Sarawal sit lahar Notis

महामन्त्री खनाल र चौधरी एउटै मञ्चमा ः कांग्रेस जिताउने प्रतिबद्धता

164

बर्दघाट,कार्तिक–२१

नेपाली कांगे्रस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल र पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले एउटै मञ्चबाट कांगे्रस जिताउने उद्घोषणा गरेका छन् । कार्यक्रमा आफ्ना धारणा राख्दै महामन्त्रि खनालले पार्टिको बिधि बिधानलाई अंगालेर अघि बढ्नु नै लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए । आन्तिरिक बिमेल र मतभेद हुनु स्वभाबिक हो तर बिपक्ष संगको प्रतिष्पर्धामा कांगे्रस सदैव एक भएर अघि बढेको छ महामन्त्रि खनालले भने । राजनितिक रुपमा आफ्नो भबिष्यको सुनिश्चिता होस भन्ने सबै राजनितिकर्मिको हुने हुदा आम कार्यकर्तामाझ सबै बिषयहरुलाई प्रष्ट्याउनु पर्ने उनको भनाई थियो । यहाका आम जनताका सामान्य समस्यामा र बिकास निर्माणमा मेरो उपस्थिती छ पार्टिमा सबैको भुमिका उल्लेखनिय छ सबैको अस्तित्वलाई स्विकारेर अघि बढौ भन्ने मात्र मेरो चाहाना हो खनालले भने । यद्यपि अग्रगमनका बिरुद्ध गठबन्धन एक भएर सबै उमेदवारलाई बिजयि गराउन उनले आग्रह गरे ।

त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्बर १ को बर्दघाट ४ मा पार्टि कार्यालय उद्धघाटन कार्यक्रममा आफ्ना धारणा राख्दै बिनोद चौधरीले दुबै नेतृत्वलाई एउटै मंचमा देख्दा कार्यकर्तालाई थप उर्जा मिलेको महसुस भएको बताए । पार्टिभित्रका सबै समस्यालाई भद्र सहमति बाट टुङग्याएर सबै एक भै आगामि यात्रा तय गर्ने उमेदवार चौधरीले प्रतिबद्धता व्यक्त गरे । बिक्रम खनाल जि को यो क्षेत्रमा ठुलो योगदान छ त्यसलाई म सम्मान गर्छु चौधरीले भने आजबाट फरक ढङगबाट कुनै असमति नराखि संगठन एक भएर अघि बढ्ने बिश्वास व्यक्त गरे ।

आगामि दिनमा काधमा काध मिलाएर अघि बढ्ने र यो क्षेत्रको समग्र बिकासका लागि आफु लागि पर्ने चौधरीले बताए । बिक्रम जि र मेरो बिषयलाई लिएर धमिलो पानीमा माछा मार्न खोज्नेहरुको आजबाट निद हराम भएको छ चौधरीले भने प्रतिगमनमा बिरुद्ध गरिएको यो सामुहिक यात्रालाई निश्चिित बिन्दुमा पुर्याएर अवतरण गनुर्् छ ताकि कसैले पनि जनतालाई बर्षौ सम्म झुक्याईरहन नसकोस् । यो अभियानलाई साथ दिएर आफ्ना एजेन्डाहरु लिएर सबै कार्यकर्ताहरुलाई जनताको घरदैलोा पुग्न चौधरीले आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रदेशसभा क्षेत्र नम्बर १ का उमेदवार विश्वपे्रम पाठकले आम जनताको जनजिविकाको सवालमा आफ्नो टिम गम्भिर रहेको बताए । हाम्रा बिचका सबै असहमति आजबाट दुर भएका छन् अब गठबन्धनको जितलाई कुनै आधिबेरीले रोक्न नसक्ने उनले दावि गरे ।

Comments are closed.