Sarawal sit lahar Notis

निर्वाचन बहिष्कारको अपिल गर्दै क्रान्तिकारी माओवादीद्धारा ठाँउ–ठाँउमा कोणसभा

0 105

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१६
नेकपा (क्रान्तिकारी माओवादी) ले पश्चिम नवलपरासीको बर्दघाट सहित जिल्लाका १२ स्थानमा निर्वाचन बहिष्कारको अपिल गर्दै कोण सभा सम्पन्न गरेको जनाएको छ । बुधवार बर्दघाट चोकमा कोण सभा गर्दै राज्य सत्ता र संसदीय ब्यवस्थाको विरोध गर्दै आसन्न निर्वाचन बहिस्कार गर्न जनतालाई आवाहन गरेको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको आयोजनामा भएको उक्त कोणसभामा पार्टीका पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले सम्बोधन गर्नु भएको थियो । उहांले वर्तमान राज्यसत्ता र ब्यवस्थाको बिकल्पमा संघीय जनगणतान्त्रिक ब्यवस्थाका लागि संर्घष आवश्यक बताउदै अहिलेको निर्वाचन वहिस्कार गर्न जनता समक्ष आवाहन गर्नु भएको थियो ।

पार्टीका लुम्बिनी प्रदेश सचिव समेत रहनुभएका न्यौपानेले अहिलेको संसदीय ब्यवस्था फालेर संघीय जनगणतन्त्र स्थापना गर्नु पर्ने माग गर्दै अहिलेको संसदीय निर्वाचन गर्न अपिल गर्नु भएको थियो ।
त्यस्तै कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले निर्वाचनका नाममा गाउँ गाउँमा मिटर ब्याज तथा लघुबित्तका संरक्षकहरु आएकोले यस पटकको निर्वाचनमा ती दलालहरुलाई भोट नभई चोट दिनुपर्ने बताउनु भएको थियो ।

कोण सभामा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिीय कमिटि केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्री, प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेल,अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य मनोज थापा लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.