Holi asnjal makar GURU

बर्दघाट नगरपालिका तीन महिनामा ३१ दशमलव ३१ प्रतिशत राजश्व संकलन गर्न सफल ।

67

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–६
नवलपरासीको बर्दघाट नगरपालिकाले यस आर्थिक वर्षमा गत कार्तिक ३ गते सम्म १ करोड ७५ लाख ३७ हजार राजश्व संकलन गर्न सफल भएको छ । बार्षिक ५ करोड ६० लाख राजश्व संकलनको लक्ष्य लिएको बर्दघाट नगरपालिकाले तीन महिनामा उक्त राजश्व संकलन गर्न सफल भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । सो जानकारी अनुसार नगरले अहिले सम्म राजश्व संकलन लक्ष्यको ३१ दशमलव ३१ प्रतिशत आम्दानी प्राप्त गर्न सफल भएको छ ।

नगरपालिकाले साप्ताहिक हाट बजारहरु ,पाडा बजार,विज्ञापन कर,कवाडी कर लगाएतका क्षेत्रवाट पनि राजश्व संकलन गर्दै आएको छ भने कर सहभागिता अभियान शुरु गरेर राजश्व संकलनमा थप प्रभावकारीता बढाउदै गएको जनाएको छ ।
त्यसैगरी नगरको संचित कोषवाट तलव भक्ता खाने कर्मचारीहरुका लागि अनिर्वाय रुपमा कर क्लियर गरेपछि मात्र तलब भत्ता भुक्तानी गर्ने परिपाटीको शुरुवाद गरेको जनाएको छ

बर्दघाट नगरपालिकाद्धारा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरका हरेक गतिविहरुलाई प्रभावकारी ढंगले अघि बढाउनका लागि सबैको सल्लाह सुझाब आवश्यक पर्ने बताउनु भएको थियो ।
उहांले मासिक रुपमा नगरले गरेका कामका वारेमा नगरवासीहरुलाई जानकारी गराउने र पत्रकारहरुवाट सुझाव लिने उद्धेश्यले उक्त नियमित पत्रकार भेटघाट कार्यक्रमको शुरुवाद गरीएको जानकारी गराउनु भएको थियो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले नगरमा न्याय सम्पादनका लागि ४६ वटा उजुरी परेको बताउनु भएको थियो । उहांले न्याय समितिको काम कार्वाहिलाई थप प्रभावकारी बनाउनका लागि वडा स्तरमा क्रियाशिल मेलमिलाप कर्ताहरुलाई सुचिकृत गराउने कार्य भैरहेको जानकारी गराउनु भएके थियो ।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरको कृषिगणना कार्य सकिएको भएपनि सार्वजनिक गर्न वांकी रहेको बताउनु भयो । उहांले नगरका सार्वजनिक जग्गाहरुको पहिचान,फोहर मैला ब्यवस्थापनका लागि भएका प्रयासहरु निरन्तर जारी रहेको बताउदै नगरको सुन्दरता र सरसफाईमा सबैले हातेमालो गर्न आग्रह गर्नु भएको थियो ।

पत्रकार,नगरका शाखा प्रमुखहरु र वडाध्यक्षहरु सहित नगर प्रमुख,उप प्रमुख,प्रमुख प्रशासकिय अधिकृत लगाएतको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन कृष्ण थापा क्षेत्रीले गर्नु भएको थियो ।