Sarawal sit lahar Notis

सशस्त्र प्रहरीबल बेलाशपुर नवलपरासीले दुई ट्रकसहित ९० लाख बराबराको चिनी बरामद

0 73

परासी २ कार्तिक

भन्सार छलेर ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी नवलपरासीले ९० लाख बराबराको ठूलोमात्रा चिनी बरामद गरेको छ । सशस्त्र प्रहरीबल२६ न गण बेलशपुर मतहातमा रहेको सशस्त्र प्रहरी बिओपी हरपुरले भन्सार छलेर लैजादै गरेको अवस्थामा दुई वटा ट्रकसहित ठूलो मात्रामा चिनी बरामद गरेको हो ।

ट्रकमा लोड गरी तस्करी गरेर लैजादै गरेको चिनीलाई प्रहरीले बुधबार जिल्लाको प्रतापपुर गाउँपालिकाको वडानं २बाट सशस्त्र प्रहरीको हरपुर बिओपि,र महेशपुर भन्सारकार्यालयबाट खटिएको सुब्वन मोहराज जैशीको नेतृत्मा ५ जना संयुक्त टोलीले ट्रकसहित चिनी बरामद गरिएको सशस्त्र प्रहरी बल २६ नं गणका  सुचना अधिकारी एवम सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी)केशवराज थापाले  जानकारी दिए ।

उनको अनुसार जिल्लाको प्रतापपुर गाउँपालिकाको वडानं २ ईलाकाबाट  ना ६ख २१९७ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा बिलभरपाई नभएको ४ सय २० क्रममा बोरा अर्थात २१ सय केजी चिनी बरामद गरिएको बताए  ।

त्यस्तै भन्सार छलेर ल्याउदै गरेको जिल्लाको रामग्राम नगरपालिका रामग्राम वडान ५ स्थित परासी–भैरहवा हुलाकी मार्गमा लु१ ख ९८७१ नम्बरको ट्रक सहित ४ सय २० बोरा अर्थात २१ सय केजी चिनी बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी)थापाले बताए । भन्सार छलेर ल्याउदै गरेको र  चेकजाँच गर्ने क्रममा बिलभारपाई नभएकोले उक्त चिनी बरामद गरिएको बताए ।

ट्रकसहित चिनी बरामद गरी आवश्यक कर्वाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानएको छ । पछिल्लो समयमा सशस्त्र प्रहरी सिमानाकार्मा  सक्रियता बढाएको छ  । तस्कारी रोक्नको लागि सिमा नाकामा कडाई  बढाउदाँ यो सफलता हात पारेको छ

Leave A Reply

Your email address will not be published.