Sarawal sit lahar Notis

आधारभुत स्वास्थ्य सेवा केन्द्र बाट गर्भवती महिलालाई निःशुल्क क्याल्सीयम चक्की वितरण शुरु।

0 144

बर्दघाट,असोज–१४
आधारभुत स्वास्थ्य सेवा केन्द्र बर्दघाट ( ६ बेताहानीमा गर्भवती महिलालाई निःशुल्क क्याल्सीयम चक्की वितरण शुरु गरीएको छ । विहिवार एक कार्यक्रमको आयोजनागरी निःशुल्क क्याल्सीयम चक्की वितरण शुरु गरीएको हो ।

बर्दघाट नगरपालिका वडा नं. ६ का वडध्यक्ष रोहित थारूको अध्यक्षतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिका स्वास्थ्य शाखाका प्रमुख माधव ज्ञवाली , कृष्णहरी पौडेल लगाएको समुपस्थितीमा गर्भावस्थाका महिलाहरुको पोषण अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने पोषक तत्व क्याल्सीयम र भिटामिन म्घ को निःशुल्क विवरण थालनी गरिएको हो।
वडाअध्यक्ष चौधरीको विशेष पहल र वडा सदस्य कृष्ण बहादुर क्षेत्री, भोलानाथ चौधरी, रीता ढुङ्गाना भुर्तेल र ऊत्तम कुमारी मुसहर को पहलमा वडा कार्यालय मार्फत खरिद गरि आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई हस्तान्तरण गरीएको थियो ।
समुदाय स्तरमा स्वास्थ्य सेवाको पहुँच बढाउन ठूलो भूमिका खेलिरहनुभएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका को काममा थप उर्जा प्रदान गर्ने हेतुले वडाले १ थान साइकल समेत आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका रेशमी कुमारी चौधरी लाई हस्तान्तरण गरीएको थियो।

Leave A Reply

Your email address will not be published.