Sarawal sit lahar Notis

विस्डम सेकेन्डरी स्कूल मा निःशुल्क डेन्टल शिविर सम्पन्न ।

0 265

कृष्ण ढकाल
बर्दघाट,भदौं–२५
विस्डम सेकेन्डरी स्कूल बर्दघाट–७ जिमिरेभारले आफ्ना बिद्यार्थीहरुका लागि निःशुल्कडेन्टल शिविर सम्पन्न गरेको छ ।

आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको दन्त परिक्षणका लागि आयोजना गरीएको शिवरमा ३ सय ५ जना विद्यार्थीहरुले आफ्नो दन्त परिक्षण गराएको विद्यालयका प्रिन्सिपल लिलाराम अधिकारीले जानकारी दिनु भएको छ ।

१ सय ८३ जना छात्रा र १ सय २२ जना छात्रहरुले विद्यालयले संचालन गरेको निःशुल्क दन्त परिक्षण शिवरमा आफ्नो दन्त परिक्षण गराएका थिए । बर्दघाटमा रहेको सगरमाथा डेन्टल क्लिनीक हलको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न् भएको प्रिन्सीपल अधिकारीले ताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.