kalika

स्थानीय तहको आर्थिक प्रशासन र खरिद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न्।

187

कृष्ण ढकाल
बर्दघाट,भदौं–२५
स्थानीय तहको आर्थिक प्रशासन र खरिद व्यवस्थापन सम्बन्धी जनप्रतिनिधि र कर्मचारीहरुलाई केन्द्रित गरेर बर्दघाट नगरपालिकाले अभिमुखीकरण कार्यक्रम सम्पन्न् गरेको छ ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कोलेनिका धार्दिङ्गका प्रमुख कोष नियन्त्रक पुरुषोत्तम शर्माले सहजिकरण गर्नु भएको थियो ।

सार्वजनिक खरीद ऐन तथा नियमावली,आर्थिक प्रशासन नियमावली र उपभोक्ता समितिको काम,कर्तब्य र अधिकारका विषयमा बर्दघाट नगरका जनप्रतिनिधि,शाखा प्रमुख, तथा वडासचिवहरुलाई लक्षीत गरेर उक्त कार्यक्रम संचालन गरीएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

अहिले नगर ,प्रदेश तथा संघ मार्फत हुने साना तिना विकास निर्माणका कामहरु गर्दा गठन भएका उपभोक्ता समितिहरु बैधानिक नभएको र उनीहरुले पेश गरेका कागजातहरु पनि केहि अगुप हुने गरेका कारण महालेखाले बेरुजु देखाउने भन्दै त्यस तर्फ सचेत हुन प्रमुख कोष नियन्त्रक पुरुषोत्तम शर्माले आग्रह गर्नु भएको थियो ।

सार्वजनिक निकाय र उपभोक्ता बिचको सु–सम्वन्ध कायम गर्न नगरपालिकाले आफ्नो नगरका हरेक वडाहरुमा विकास निमार्णका कार्यगर्दा नगरमा उपभोक्त समितिहरुलाई दर्ता गरेर मात्र काम गर्न सुझाव दिनु भएको थियो । त्यसैगरी नगरमा दर्ता भएका सबै उपभोक्ता समितिहरुलाई नगरले पान नम्वरको पनि ब्यवस्था गर्नु पर्ने र कार्य सम्पन्न गर्दा नगरको अनुदानवाट यदि उपभोक्ता समितिले त्यस्ता कुनै खरीद गरेका सामान वा वस्तु काम सम्पन्न पछि पनि फेरी रियुज हुने भएका नगरलाई हस्तान्त्रण गर्नु पर्ने कानुनी ब्यवस्था रहेको जानकारी गराईएको थियो ।

बर्दघाट नगरमा यो आर्थिक वर्षमा साना ठूलागरी टोटल ९ सय ७० वटा योजना रहेका छन । त्यसैगरी यस आर्थिक बर्षमा ९१ करोड बढीको बजेट रहेको छ ।