Bardaghat Na pa

शान्ती निकुञ्ज मा .बि .मा लागु औषध र ट्राफिक नियम सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न ।

260

बर्दघाट,भदौं–२२
बर्दघाट नगरपालिका वडा नम्वर–५ पाल्डाँडामा रहेको शान्ती निकुञ्ज मा बि मा लागू औषध दुर्ब्यसनी नियन्त्रण तथा ट्राफिक नियम सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटको आयोजनामा भएके उक्त एक दिवसीय कार्यक्रममा कक्षा ९ ,११ र १२ कक्षाका बिद्यार्थी हरु सहभागि भएका थिए । कार्यक्रममा प्रहरी सहायक निरीक्षक बिरेन्द्र चौधरीले लागू औषध सम्बन्धि र प्र.स.नि .मोतिलाल बिकले ट्राफिक नियम सम्बन्धी बिषयमा सहजीकरण गर्नु भएको थियो।


बिध्यालयका प्र. अ. बिजय रत्न पराजुली सहायक प्र. अ. रमेश लम्साल ,प्रहरी दिपक थापा ,लोक बहादुर थापा लगाएत शिक्षक शिक्षीकाहरुको समेत उपस्थिती रहेको कार्यक्रममा बिध्यार्थी हरुले आफ्ना जिज्ञासा् समेत राखेका थिए ।