sunwal

नेकपा एमाले नवलपरासीले प्रत्यक्षमा जाने उमेदवारहरुको टुङ्गो लगायो,समानुपातीक उमेदवार भोली टुङ्गो लाग्दै ।

384

कृष्ण ढकाल
बर्दघाट,भदौं–१९

नेकपा एमाले पश्चिम नवलपरासी संघिय निर्वाचन क्षेत्र नं. २ को विस्तारीत बैठक आईतवार परासीमा सम्पन्न भएको छ । संघिय निर्वाचन क्षेत्र नं. २ का ईन्चार्ज दधिराम अर्यालको अध्यक्षता र केन्द्रिय सदस्यत तथा जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न् भएको हो ।

बैठकले आगामि मंसीरमा हुने संघ र प्रदेशको निर्वाचनका लागि नेकपा एमाले पश्चिम नवलपरासीबाट संघिय निर्वाचन क्षेत्र नं. २ अन्र्तगतका उमेदवारहरुको टुङ्गो लगाएको छ ।

परासी क्याम्पसको सभाहलमा भएको संघिय निर्वाचन क्षेत्र नं. २ को विस्तारीत बैठकले प्रदेशका लागि निर्वाचन क्षेत्र नं.२ क वाट थानप्रसाद गैरे, खडानन्द कोईराला, प्रदेश विभाग सदस्य देवराज चौधरी ,जिल्ला उपसचिव राजन आचार्य, जिल्ला सदस्य बिमल बगाले गरि ५ जनाको नाम सिफारिस गरिएको छ भने निर्वाचन क्षेत्र नं. २ ख वाट सुमन गोपाल आचार्यको एकल नाम सिफारीस गरेको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ ।

त्यसैगरी सोही बैठकले निर्वाचन क्षेत्र नं. २ को संघिय निर्वाचनका लागि पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी सहित प्रदेश सदस्य द्वय श्यामकुमार बस्याल र भगवती भण्डारीको नाम सिफारीस गरेको छ ।

प्रदेश (क ) अन्तरगत सुनवल नगरपालिका, सरावलको वडा नं. १,२,३ र रामग्रामको वडा नं. १,२,११,१२,१३ पर्दछन् । एमालेबाट क्षेत्र नं. २ को प्रदेश सभा ख बाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचनको लागि एकल रुपमा सुमन गोपाल आचार्य सिफारिस हुनुभएको छ ।

संघीय क्षेत्रीय ईन्चार्ज दधिराम अर्यालको अध्यक्षता केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा केन्द्रीय सदस्य तथा सुनवल नगरपालिकाकि मेयर विमला अर्याल, जिल्ला अध्यक्ष अधिकारी, उपसचिव राजन आचार्य, प्रदेश (क) ईन्चार्ज रामचन्द्र भण्डारी, प्रदेश (ख) ईन्चार्ज रामनरेश राय, जिल्ला सदस्य देवराज श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यता
नेकपा एमाले नवलपरासीले भोली नै जिल्ला बैठक बसेर नवलपरासीका दुबै संघिय निर्वाचन क्षेत्रवाट आएका संघ र प्रदेशका उमेदवारहरुको सिफारीसमा ब्यापक छलफल गर्ने तयारी गरेको छ । त्यसैगरी सकेसम्म सबै क्षेत्रका उमेदवारहरुको सर्बसम्वत गर्न पहल गर्ने जिल्ला अध्यक्ष अधिकारीले बताउनु भएको छ । त्यतिमात्र हैन चोलीको जिल्ला बैठकले समानुपातीक तर्फका उमेदवारहरुको नाम समेत टुङ्गोमा पुर्याएर प्देशमा सिफारीस गर्ने बताईएको छ ।