Sarawal sit lahar Notis

बिपन्न विद्यार्थीको शिक्षाका लागि नगर साथमा छ ः नगर प्रमुख श्रेष्ठ

0 143

मुक्ति तिवारी

भदौ १७

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले अब शिक्षाबाट कोहि पनि बन्चित हुनु नपर्नेमा जोड दिनु भएको छ।शिक्षामा राहात पुगोस भन्ने अभिप्रायले बिपन्न परिवारका बिद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नका निम्ति आर्थिक अभावका कारण बन्चिन हुनु नपर्ने अवस्थाका लागि नगरले बजेट बिनियोजन गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।बास्तबमै बिपन्न बिद्यार्थीको पहिचान गरि उज्ज्वल भविष्यका लागि उनिहरुको शिक्षा दिक्षाकालागी नगरबाट सक्दो सहयोग गरिने उहाए बताउनु भयो।

बर्दघाटमा रहेका दाउन्नेदेबी र दिब्यज्योती क्याम्पसमा अध्य्यनरत बिपन्न बिद्यार्थीहरुलाई लाभ हुने गरि नगरपालिकाबाट सोझै क्याम्पसको खातामा रकम पठाईने ब्यवस्था मिलाईएको श्रेष्ठले जानकारी दिनु भयो।बिपन्न समुदायबाट उच्च शिक्षा हासिल गर्ने बिद्यार्थीलाई कतिपय अविभावकले शुल्क तिर्न नसक्दा बिचमै पढाइ छोड्न बाध्यहुने अवस्थाको अन्त्य हुने बिस्वास ब्यक्त गरिएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।बर्दघाट नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आम जनतालाई सहज पहुच हुने गरि ब्यवस्थापन गर्न नगरपालिका बाट सक्दो पहल गरिने श्रेष्ठले उल्लेख गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.