Jilla Ban Notis

महिलाहरुको पाठेघर सम्बन्घि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

0 87

कृष्ण ढकाल
बर्दघाट,भदौ–३

१२ औं स्थापना दिवसको अवसरमा शुलभ बचत तथा ऋण सहकारी संस्था जिमिरेभारले आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न् गरेको छ । संस्थाका कार्यवहाक अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता र जिल्ला सहकारी संघका उपाध्यक्ष वृहस्पती अधिकारीको प्रमुख आतिथ्यतामा उक्त शिविरको समुद्घाटन गरीएको थियो ।

शिविरको समुद्घाटन गर्दै जिल्ला सहकारी संघका उपाध्यक्ष वृहस्पती अधिकारीले सहकारीहरुले पैसाको किन बेचमात्र नगरी सामुहिक लगानी गरेर अब उत्पादनमा जोडीनु पर्ने बेला आएको बताउनु भएको थियो । पछिल्लो समय सहकारीहरु क्रमशः सामाजिक कार्यमा लागेको पाईएपनि सामुहिक लगानीमा सामुहिक उत्पादनमा जोडीएको कमै पाईने भन्दै त्यस तर्फ सहकारीहरुको ध्यान जान जरुरी रहेको बताउनु भएके थियो ।

संस्थाकी कोषाध्यक्ष लक्ष्मी खरेल भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा शिरोमणी अधिकारी,खेमराज सुवेदी,ईन्द्र जिसी लगाएतको उपस्थिती हरेको थियो भने कार्यक्रमको संचालन सचिव उमा अधिकारीले गर्नु भएको थियो ।

महिलाहरुको पाठेघर सम्बन्घि चेकजाँच गर्ने उद्धेश्यले आयोजना गरीएको उक्त शिवरमा मेरी स्टोभ शाखा बर्दघाटको प्राविधिक सहयोग रहेको थियो । शिविरमा १ सय ७३ जनाले सेवालिएको संस्थाका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.