Jilla Ban Notis

सरावलमा आईकेयर सेन्टर स्थापना गर्ने तयारी ।

0 65

कृष्ण ढकाल
बर्दघाट,साउन–३१
नवलपरासीको बर्दघाटमा चिसापानी अस्पताल स्थापना गर्न पहल गरेकी संविद्यान सभा सदस्य सिन्धु जलेसाले अहिले फेरी सरावलमा आईकेयर सेन्टर स्थापना गर्ने विषयमा लागि पर्नु भएको छ ।
आईकेयर सेन्टर स्थापना गर्दा त्यसक्ष्ँेत्रका आमनागरीहरुले सहज रुपमा सेवा लिन सक्ने स्थान र स्थानियहरुले अपन्त्वलिन सक्ने वातावरण भएको स्थान खोज्न संविद्यान सभा सदस्य जलेसाले सरावल गाउँ कार्यपालिका समक्ष आग्रह गर्नु भएको छ ।

शुरुमा आईकेयर सेन्टर स्थापना गरी त्यसलाई पछि आँखा अस्पतालका रुपमा विकास गर्नेगरी आफुले उक्त योजना अघि बढाएको जलेसाले कार्यपालिका समक्ष जानकारी गराउनु भएको छ ।

सो अवसरमा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी र प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले सरावलको समग्र विकासका लागि सबैको आवश्यकता रहेकोले आफुहरुले सबैवाट सहयोग लिने बताउनु भएको थियो । उहांहरुले आईकेयर सेन्टर सरावलमा स्थापना गर्नसके निक्कै राम्रो हुने भन्दै आफुहरुले कार्यपालिका बैठकमा सो विषयमा गहन छलफल गरी स्थानको टुङ्गो लगाउने समेत बताउनु भयो ।

सरावल गाउँपालिका साविकको तिलकपुर , मनरी , सरावल , बडहरादुबौलिया , रामपुर खडौना र भुजहवा गा.वि.स . मिलाएर सिंगोसरावल गाउँपालिका भएकाले साविकका सबै क्ष्ँेत्रहरुको पायक पर्ने स्थान अनुसार आईकेयर सेन्टर स्थापना गर्ने स्थानको खोजी गर्ने अध्यक्ष सुखाडी चौधरीले बताउनु भएको थियो ।

अध्यक्ष चौधरीले ७३.१९ वर्ग कि. मि. मा फैलिएको सरावलका ४० हजार बढीमानिसहरुको स्वास्थ्य प्रति आफु निक्कै गम्भिर भएकाले आँखा अस्पताल सम्म बन्ने पालिका कै गौरवको आयोजनालाई सफल गर्न सम्पूर्ण कार्यपालिका सदस्यहरु लागि पर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.