Jilla Ban Notis

नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट संघ र प्रदेश सभा सदस्य निर्वाचनको चर्चाका ब्यीक्तहरु

0 245

कृष्ण ढकाल
बर्दघाट,साउन–२१

राजनीतिक दललाई जनताप्रति जवाफदेही बनाउन र स्थानीय विवादहरूलाई सहज रुपमा समाधान गर्न जनताहरुले निर्वाचन मार्फत आफ्ना प्रतिनिधिहरु चुन्ने गर्दछन । त्यही अनुसार अहिले फेरी आउदो मंसीर ४ गते संघ र प्रदेशका लागि संघियता पछि जनताले दोस्रो पटक आफ्ना प्रतिनिधिहरु चुन्ने मौका आएको छ ।

जनताको पक्षमा रहेर स्थानिय विकास र जतनताको जिवन शैलीमा परिर्वतन गर्न सक्ने नमुना कामगर्ने भन्दै जनतावाट अनुमोदीत हुन अनेकौ लोभहरु देखाउने विभिन्न पार्टीका उमेदवारहरु अब जनताको घर–घरमा धाउने र हातजोर्ने समय आएको छ ।

जसरी फोहरलाई मोहर बनाउन आफ्नो घरवाट उत्पादन भएको फोहरलाई कुहियको र नकुहिएको छुट्याए जस्तै अब नेताहरुलाई पनि भोट दिदा विचार गरेर दिनु पर्ने बेला आएको छ ।

नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा चर्चामा आएका नेताहरु

 

निर्वाचन क्षेत्र नं. १ वाट प्रतिनिधि सभाका लागि ः–

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ वाट प्रतिनिधि सभाका लागि नेपाली कान्ग्रेस सहितको पाँच दलिय गठबन्धनवाट नेपाली कान्ग्रेसका विक्रम खनाल,बिनोद चौधरी र नेकपा माओवादी केन्द्रवाट सिता बौडेल को नाम चर्चामा रहेको पार्टीका सम्वन्घित नेताहरुले बताएका छन् ।

यता
नेकपा एमालेका तर्फबाट भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा वर्तमान लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको एकल नाम चर्चामा रहेको एमालेका जिम्मेवार नेताले बताउनु भएको छ ।

त्यसैगरी
जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष हृदेश त्रिपाठी पनि प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट संघीय सभाका लागि निर्वाचनमा उमेदवारी दिने पक्का छ ।

समानुपातीक तर्फ

प्रतिनिधि सभाका लागि समानुपातीक तर्फ नेपाली कान्ग्रेस सहितको पाँच दलिय गठबन्धनवाट नेपाली कान्ग्रेसका नेता देवकरण कल्वार (सन्तु ) र लाल बहादुर गुरुङ्ग को नाम चर्चामा रहेको छ भने नेकपा एमालेवाट सरीता खलान र तुलसी पासीको नाम चर्चामा रहेको पार्टीका जिल्ला कमीटी सदस्यले जानकारी दिनु भएको छ ।

निर्वाचन क्षेत्र नं. १ वाट प्रदेश सभाका लागि ः–

निर्वाचन क्षेत्र नं. १ (क) मा ः–

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ (क) वाट प्रदेश सभाका लागि नेपाली कान्ग्रेस सहितको पाँच दलिय गठबन्धनवाट नेपाली कान्ग्रेसका विश्व प्रेम पाठक र चन्द्र ढकालको नाम चर्चामा रहेको छ भने नेकपा एसका वृहस्पति अधिकारीको नाम पनि चर्चामा रहेको सम्वन्धित पार्टीका नेताहरुले बताएका छन ।

यता
नेकपा एमालेका तर्फ वाट प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (क) मा पुण्य प्रसाद पौडेल ,सिन्धु जलेसा बुढाथोकी र एकदेव पाण्डेको नाम चर्चामा रहेको छ

निर्वाचन क्षेत्र नं. १ (ख) मा ः–

नवलपरासी निर्वाचन क्षेत्र नं. १ (ख) मा नेपाली कान्ग्रेस सहितको पाँच दलिय गठबन्धनवाट मुकुल आचार्य र अशोक जंग राणाको नाम चर्चामा रहेको छ भने नेकपा माओवादीबाट रामानन्द यादवको नाम चर्चामा रहेको पार्टीका नेताहरुले बताएका छन् ।

यता

नेकपा एमालेवाट राम प्रसाद पाण्डे,राम प्रसाद अर्याल र गणेश पोखरेलको नाम चर्चामा आएको छ । तर गठवन्धन भएमा त्यो क्षेत्र गठवन्धन गर्ने लाई टिकट जान सक्ने संभावना रहेको एमाले नेताहरुले बताएका छन् ।

त्यसैगरी
सुस्ता गाउँपालिका वडा नम्वर–१,रुपौलियाका महेन्द्र सिंह ठकुरीले स्वतन्त्र उमेदवार हुने घोषणा गरेको बुझीएको छ ।

Leave A Reply

Your email address will not be published.