Jilla Ban Notis

शान्ती निकुञ्ज मा बि द्धारा एस.ई.ई उतिर्ण बिद्यार्थीहरुलाई सम्मान ।

0 21

कृष्ण ढकाल
बर्दघाट,साउन–१९
बर्दघाट नगरपालिका वडा नम्वर ५ पाल्डाँडामा रहेको शान्ती निकुञ्ज मा बि ले एस.ई.ई उतिर्ण विद्यार्थी हरुलाइ आज एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ ।

विद्यालयका प्र.अ. बिजय रत्न पराजुली को अध्यक्षता र वडाध्यक्ष बिमला गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले शिक्षा र संस्कार ब्यवहारमा झल्किने गरी अघिबढ्न बिद्यार्थीहरुलाई आग्रह गर्नु भएको थियो । उहांले बिद्यार्थीहरुले आफ्नो अध्ययनसंगै सिपको विकास गरेर अघिबढ्न जरुरी रहेका बताउनु भएको थियो ।

त्यस्तै विद्यालयका प्र.अ.पराजुलीले विद्यार्थीहरु योग्य र सभ्य नागरिक भै रास्ट्रसेवामा जुट्नुपर्ने र बिध्यालयले गर्वगर्न लायक बिद्यार्थी बन्न सुझाव दिनु भएको थियो भने सहायक प्र .अ .रमेश लम्सालले बिध्यार्थिहरु आगामी दिन मा थप जागरुक भै भबिस्य निर्माण मा जुट्नुपर्ने धारणा राख्नु भएको थियो ।

शिक्षक शिव प्रशाद शर्मा ले संचालन गर्नु भएको कार्यक्रममा बिध्यालय अभिभावक संघका अध्यक्ष अर्जुन मरासिनी ,बिद्यार्थी प्रतिनिधि रुपेश खराल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
एस.ई.ई मा शान्ती निकुञ्ज मा बि वाट ५१ जना विद्यार्थीहरु सहभागि भएक थिए ।

Leave A Reply

Your email address will not be published.