Jilla Ban Notis

नवलपरासी जिल्लालाई समृद्ध बनाउन सबै एक भएर लाग्न नेता पौडेलको आग्रह ।

0 53

कृष्ण ढकाल
बर्दघाट, साउन–१४

वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, सिप, पुँजी र जाँगरको सहि सदुपयोग गरेर अब नवलपरासी जिल्लालाई समृद्ध बनाउन सबै एक भएर लाग्न नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य पुण्य प्रसाद पौडेल आग्रह गर्नु भएको छ । उहांले नेपालको समृद्धीका लागि अब नेकपा एमालेको विकल्पमा अरु कुनै पार्टी नरहेको बताउदै नेपालका सबै जिल्लामा नेकपा एमालेका नेता कार्यकर्ताहरु अहिले उत्पादन र रोजारीसंग जोडिएर अघि बढेको बताउनु भएको थियो ।

रिटर्नी फेडेरेसन नेपाल नवलपरासी जिल्लाको आयोजनामा आज बर्दघाटमा भएको नगर भेलालाई सम्बोधन गर्दे नेता पौडेलले उक्त कुरा बताउनु भएको हो । रोजगारीको शिलाशिलामा बिश्वका बिभिन्न मुलुक गएर फर्की स्वदेशमा रहेका सबै नगरवासीहरुलाई संगठीत गरी अघि बढ्नका लागि नेता पैडेलले सुझाव दिनु भएको थियो ।

रिटर्नी फेडेरेशन नेपालका जिल्ला अध्यक्ष चिरञ्जिवी खराल (रामु) को अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य पुण्य प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय महाधिवेशन प्रतिनिधि बद्रि खनाल, रिटर्नी फेडेरेशन नेपालका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सह–संयोजक तथा नवलपरासि जिल्ला ईन्चार्ज कृष्ण प्रसाद भुसाल,नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं बदर्घाट नगर सह इन्चार्ज प्रदिप सुवेदि, नेकपा एमाले बदर्घाट नगर कमिटि अध्यक्ष रविन्द्र बिक्रम हमाल, लगाएतले कार्यक्रममा आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

रिटर्नी फेडेरेसन नेपाल नवलपरासी जिल्ला उपाध्यक्ष धर्मागत पाण्डेको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन फेडेरेशनका प्रदेश सदस्य चोलाकान्त भट्राईले गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी एमाले को भात्रृ संगठन मध्ये सबै भन्दा कान्छो संगठनका रुपमा रहेको रिटर्नी फेडेरेसन नेपालको अहिले सम्म नेपालका करिव ६५ बढी जिल्लाहरुमा संगठन विस्तार भैसकेको छ ।

रिटर्नी फेडेरेसन नेपाल बर्दघाट नगर कमिटिको तर्दथ समिति गठन ।

रिटर्नी फेडेरेसन नेपाल बर्दघाट नगर कमिटिको आज तर्दथ समिति गठन भएको छ । आज बर्दघाटको दाउन्ने पार्टी प्यालेसमा भएको बर्दघाट नगरभेलाले केशव खनालको अध्यक्षतामा १९ सदस्य रिटर्नी फेडेरेशन बर्दघाट नगर कमिटिको तदर्थ समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा तिलक बहादुर पुन, सचिवमा हेम कुमार शर्मा, उप–सचिव कृष्ण प्रसाद पाठक र कोषाध्यक्षमा पवित्रा रेग्मी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मोहन पाण्डे, यम कुमार घर्ती मगर, युव गैरे, शकंर भट्टराइ प्रसाद पौडेल,प्रकाश रिमाल,झबिन्द्र सापकोटा,भेषराज खनाल,नेत्र प्रसाद बस्याल,ईन्द्र प्रसाद देवकोटा,कमल ढकाल,देव बहादुर राना,मदन भण्डारी रदिना नाथ चालीसे हनुभएको छ ।

Leave A Reply

Your email address will not be published.