Jilla Ban Notis

बर्दघाट खानेपानी संस्थाको खानेपानी सुरक्षा योजना समितिद्धारा जनचेतना कार्यक्रम सम्पन्न् ।

0 156

कृष्ण ढकाल
बर्दघाट, साउन–१४

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाद्धारा संचालीत खानेपानी सुरक्षा योजना समितिले आज बर्दघाट–४ दिब्यनगरमा जनचेतना कार्यक्रम सम्पन्न् गरेको छ ।

दिब्यनगर टोल विकास सँस्था र शान्तिनगर टोल विकस सस्थाको सेवा क्षेत्र भित्र रहनुहुने उपभोक्ताहरुलाई जम्मा गरेर खानेपानी सुरक्षा योजनाका वारेमा र संस्थागत वारेमा जानकारी दिएको हो ।

संस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समितिका संयोजक दिपक लम्सालको अध्यक्षता र संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार कमानसिँह थापाको प्रमुख आतिथ्यतामा भएको जनचेतना कार्यक्रममा संस्थाका अध्यक्ष धातानन्द बस्याल,दिब्यनगर टोल विकास सस्थाका अध्यक्ष भिम बहादुर राना, शान्तिनगर टोल विकास सस्थाका अध्यक्ष होम बहादुर गुरुङ, दिब्यनगर युवा क्लबका अध्यक्ष खेम राना,माकर साना किसान कृषी सहकारी सस्थाका कार्यबाहक अध्यक्ष मधु रायमाझि लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रमका बोल्ने बक्ताहरुले खानेपानी र सरसफाई एक अर्कामा परिपुरक रहेको बताउदै सबैले खानेपानीको सुरक्षा र आफ्नो घरआगन तथा ब्यक्तिगत सरसफाईमा विषेश ध्यानदिनु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी स्थानीयहरुले आफ्नो टोल र क्षेत्रको सरसफाई गरेमा झाडापखला,हैजा,डेङ्गो लगाएतका रोगहरुवाट समेत बच्न सकिने जानकारी गराएका थिए ।

कार्यक्रममा हात धुने तरिका ,कोभिड १९ को महामारी बाट वच्न गरीनु पर्ने सावधानी, सरसफाई र खानेपानीको उपयोगिताबारेमा खानेपानी सुरक्षा योजना समितिका सदस्य स्वास्थ्यकर्मी कृष्णहरि पौडेलले जानकारी गराउनु भएको थियो ।

संस्थाका सचिब धन बहादुर गुरुङ्गकोे संचालन र खानेपानी सुरक्षा योजना समिति सदस्य गिता शर्माको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा संस्थाको विगत र वर्तमान अवस्थाका वारेमा सस्थाका ब्यवस्थापक विष्णु कुमार भुसालले जानकारी गराउनु भएको थियो । २१ वटा टोलमा सँचालन गरिने कार्यक्रमको यो सँगै १६ वटा टोलमा कार्यक्रम सम्पन्न भएको छ ।

दिब्यनगर टोल विकास सस्था र शान्तिनगर टोल विकास सस्थालाई सरसफाई सामाग्री हस्तान्तरण ।

 

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाद्धारा संचालीत खानेपानी सुरक्षा योजना समितिले जनचेतना कार्यक्रम संचालनका क्रममा सरसफाई सामाग्री हस्तान्तरण गरेको छ ।
दिब्यनगर टोल विकास सस्था र शान्तिनगर टोल विकास सस्थाका अध्यक्षहरु मार्फत आज सरसफाई सामाग्री हस्तान्तरण गरेको हो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार कमानसिँह थापाको हातवाट बेल्चा, कोदालो, झाडु, ठेलागाडा र होडिंग बोर्ड वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.