Jilla Ban Notis

नवलपरासीका विभिन्न स्थानमा पुष्पलाल स्मृति दिवस मनाईयो ।

0 76

कृष्ण ढकाल
बर्दघाट,साउन–७

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बर्दघाट नगर कमिटीको आयोजनामा आज ४४ औँ पुष्पलाल स्मृत्ति दिवस एवं नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ ।

बर्दघाट नगर कमिटी अध्यक्ष रविन्द्र बिक्रम हमालको अध्यक्षता र केन्द्रिय कमिटि सदस्य तथा जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका विचारलाई अंगिकार गर्दै संगठन सदृढीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले केहि ब्यक्तिहरु पार्टीको निति,विधि र पद्धती भन्दा वाहिर गएर आफ्नो निजि स्वार्थमा लागेका कारण अहिले पाटी कम्जोर भएको भन्दै आगामी दिनमा सबैले पार्टीको निति,विधि र पद्धतीलाई अंगिकार गर्दै अघिबढ्नु पर्नेमा जोड दिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटिका सचिव कृष्ण गौतमको संचालन रहेको कार्यक्रममा प्रदेश सदस्यद्धय पुण्य प्रसाद पौडेल,माया पौडेल लगाएत जिल्ला कमिटि र नगर कमिटि सदस्यहरु तथा विभिन्न भातृ संगठनका जिम्मेवार नेताहरुको सहभागिता रहेको थियो ।

उता

नेपाल कम्युनिष्ट पार्टी(एमाले) सुनवल नगर कमिटीले पुष्पलाल स्मृत्ति दिवस कार्यक्रम तथा नगर कमिटीको पूर्ण बैठक सम्पन्न गरेको छ ।

एमाले सुनवल नगर अध्यक्ष दुर्गानारायण सुवेदीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि अर्यालले पुष्पलालले देखाएको बाटोमा हिँड्न आग्रह गर्नुभयो । उहाँले पुष्पलालको विचारबाट प्रभावित भएर नै आज लाखौँ मानिसहरु कम्युनिष्ट पार्टीमा आवद्ध भएर मुलुकको परिवर्तनका लागि लडिरहेको बताउनुभयो ।

नगर प्रमुख अर्यालले आफु सुनवलमा निर्वाचित भएको छोटो समयमै जनमुखि निर्णयहरु गर्दै कार्यान्वयन गरिरहेको बताउनुभयो । कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य थानप्रसाद गैरे, जिल्ला कमिटी उपसचिव राजन कुमार आचार्य, जिल्ला सचिवालय सदस्य रामचन्द्र भण्डारी, नगर उपाध्यक्ष सुरज अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको नगर सचिव पदम क्षेत्रीले जानकारी दिनुभयो ।

एमाले सुनवल नगर कमिटीको बैठकले वडा कमिटी र भातृ संस्थाहरुलाई क्रियाशील बनाउँदै संगठन विस्तार र सदृढीकरण गर्ने निर्णय गरेको छ । सदस्यता विस्तार, सदस्यता नवीकरण गर्दै संगठनलाई थप मजबुत बनाउने निर्णय गरिएको नगर अध्यक्ष सुवेदीले बताउनुभयो ।

यता


नेपाल कम्युनिष्ट पार्टी(एमाले) सरावल गाउा कमीटीले पनि पुष्पलाल स्मृत्ति दिवस तथा गाउँ कमिटीको पूर्ण बैठक सम्पन्न गरेको छ । सरावल कुटी सरावल वडा नम्वर ३ मा आयोजीत कार्यक्रम गाउकमिटि अध्यक्ष सुरेश यादवको अध्यक्षता र जिल्ला सचिव धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो ।
कार्यक्रममा सरावल गाउपालिकाका अध्यक्ष सुखाडी चौधरी र उपाध्यक्ष वासमती हरिजनको समेत उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.