Jilla Ban Notis

नेपाल विधुत प्राधिकरण बर्दघाट वितरण केन्द्रमा एकद्धार सेवा शुरु

0 131

कृष्ण ढकाल
बर्दघाट,असार–२७
पश्चिम नवलपरासीमा रहेको नेपाल विधुत प्राधिकरण बर्दघाट वितरण केन्द्रले सोमवारवाट नव निर्मीत महशुल काउन्टर तथा एकद्धार सेवा शुरु गरेको छ ।

एकद्धार सेवाप्रदान गर्ने नवनिर्मीत महशुल काउन्टर तथा कार्यकक्षको समुद्घाटन वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रादेशीक कार्यालय बुटवलका प्रमुख नवराज ओझा ले गर्नु भएको थियो ।

सोअवसरमा बोल्दै ओझाले समयको माग र ग्राहकहरुलाई सहज तरीकाले सेवा प्रदान गर्नका लागि नेपाल विधुत प्राधिकरणले एकद्धार सेवा शुरु गरेको बताउनु भएको थियो । ग्राहकहरुले सेवा लिंदा अब कोठै पिच्छे जान नपरोस एकै स्थानवाट सबै सेवा पाउन सकुन भन्ने उद्धेश्यले यस प्रकारको एकद्धार सेवा शुरु गरेको बताउनु भएको थियो ।
सोही अवसरमा सेवा लिन आउनु भएकी बर्दघाट–४,हाटबजार क्षेत्रकी ७८ वर्षे पार्वती कुमाललाई पहिलो सेवा दिएर नव निर्मीत महशुल काउन्टर सेवा शुरु गरीएको थियो ।

नेपाल विधुत प्राधिकरण बर्दघाट वितरण केन्द्र प्रमुख दिगम्वर यादवको अध्यक्षतामा भएको महशुल काउन्टर तथा एकद्धार सेवा समुद्घाटन कार्यक्रममा ,देविमाया दहाल,कल्पना थापा,जोगेन्द्र भण्डारी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन राधिका पन्थीले गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.