Sarawal sit lahar Notis

२० टोलको एउटै चाँसो,डम्पिङ्ग साईटका विषयमा सबैको गुनासो ।

0 43

कृष्ण ढकाल

बर्दघाट,असार–२६

बर्दघाट नगपालिका वडा नं.–४ ,मा नवगठीत २० टोल विकास संस्थाका पदाधिकारीहरुसंग बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट–४ ,बर्दघाटले आफ्नो नियमित छलफल गर्नुका साथै नव निर्वाचीत टोल विकासका पदाधिकारीहरुसंग परिचयात्मक कार्यक्रम सम्पन्न् गरेको छ । साथै नव निर्वाचीत टोल विकास समितिका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको छ ।
आईतवार संस्थाको सभाहलमा भएको उक्त कार्यक्रममा नव निर्वाचीत टोल कमीटाका पद्याधिकारीहरुले खानेपानी संस्था ,बजार विकास समिति र नगरपालिका सबैले नगरको फोहर ब्यवस्थापनको पाटोलाई आफ्नो महत्वपूर्ण पाटोकोका रुपमा लिने गरेपनि बर्दघाट नगरको फोहर ब्यवस्थापन र डम्पिङ्गसाईटका विषयमा उचित ब्यवस्था हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

खानेपानी संस्था ले खानेपानीमा मात्र काम गर्नु पर्ने ,बजार विकास समितिले ब्यापारीको हक र हितका लागि मात्र काम गर्नु पर्ने र नगरपालिकाले फोहरको ब्यवस्थापनको पूर्ण जिम्मा लिनु पर्ने उनीहरुको तर्क रहेको थियो ।

त्यसैगरी कार्यक्रममा बोल्ने बक्ताहरुले खानेपानी मुहान नजिक जंगलमा रहेको रिजर्भ ट्यांकीको नजिकै डम्पिङ्ग साइड रहेकाले त्यसको अन्यत्र ब्यवस्थापन गर्न सुधmाव दिएका थिए भने खानेपानीले संचालन गर्ने सरसफाईको अभियानलाई अब टोल टोल सम्म पुग्ने गरी संचालन गर्नका लागि सुझाव दिएका थिए । त्यसैगरी यस अघि खानेपानी संस्थालेटोल विकास संस्थाहरुलाई प्रदान गरेका सामानहरुको सदुपयोग भए नभएको अनुगमन गर्नका लागि समेत सुझाब दिएका थिए ।

खानेपानी संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्ष र सचिव धन बादुर गुरुंगले संचालन गर्नु भएको कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना समितीका संयोजक दिपक लम्सालले खानेपानीको सुरक्षा समितिले गरेका कामका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै संस्थाका ब्यवस्थापक विष्नु कुमार भुसालले संस्थाले अहिले सम्म गरेका काम र त्यसको प्रभावकारीताका विषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा संस्थाका पदाधिकारी, खानेपानी सुरक्षा समितिका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.