Jilla Ban Notis

साईन्स–म्याथ ओलम्पियाड सम्पन्न ।

0 81

युवराज कंडेल
बुटवल, असार १९
विज्ञान र गणित विषयमा विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गर्ने उद्धेस्यले आयोजना गरिएको रुपन्देही र नवलपरासी ( पश्चिम) स्तरीय दुईदिने साईन्स–म्याथ
ओलम्पियाड सम्पन्न भएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीद्वारा आयोजित ओलम्पियाडमा रुपन्देही र नवलपरासी जिल्लाका १६/१६ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । दुई दिनमा बिभिन्न ३ चरणमा विद्यार्थीहरुलाई प्रतिष्प्रर्धा गराई विद्यार्थीको मुल्यांकन गरिएको थियो ।

प्रतिष्प्रर्धामा नवलपरासी ( पश्चिम ) जिल्लाबाट लुम्बिनी माविका मुकेश बुढाथोकी , जगन्नाथ माविकी सदिक्षा पौडेल र धान्यान्चल माविका बबिन शर्मा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने रुपन्देही जिल्लाका विद्यार्थीहरु विचको प्रतिष्प्रर्धामा कान्ति माविका शिशिर लम्साल, रुपन्देही लीलाराम माविका अंकुर जिसी र दुर्गादेवी माविका प्रज्वल भट्टराई क्रमश प्रथम,द्वितीय र तृतीय भएका थिए ।

पिताम्बर बन्जाडे, दिपक बन्जाडे र राजेश झा रहेको मुल्यांकन समितिले प्रतिश्प्रधि विद्यार्थीहरुको मुल्यांकन गरेको थियो । प्रतिष्प्रर्धामा प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई नगद १५ हजार , १० हजार र ५ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।

धेरै विद्यार्थीहरुले गणित र विज्ञानलाई कठिन मान्ने गरेकोले यी विषयलाई रोचक ढंगले बुझाउन र विद्यार्थीहरुमा बैज्ञानिक र गणितीय सोच र सिर्जनात्मक क्षमता विकास गर्न ओलम्पियाडले मद्दत गर्ने भएकोले स्टेम कार्यक्रम अन्तर्गत ओलम्पियाड आयोजना गरेको सामाजिक विकास डिभिजन कार्यालय प्रमुख दिवाकर भण्डारीले बताए ।

विज्ञान शिक्षालाई व्यवहारिक ढंगले पठन पाठन गर्न सघाउ पु¥याउने उद्देस्यले कार्यालयले विज्ञान प्रदर्शनी, विज्ञान सामग्री निर्माण तथा प्रदर्शनी प्रतियोगिता जस्ता कार्यक्रम समेत आयोजना गरेको उनले जानकारी दिए ।
कालिका मानवज्ञान माबी बुटवलमा आयोजित ओलम्पियाडको संयोजन स्टेम संयोजक उमेश यादव र सहजीकरण स्टेम सहायक प्रवेश कर्णले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.