Jilla Ban Notis

राष्ट्रिय मा.वि .बेताहानीद्धारा असल अभिभावकत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न् ।

0 53

कृष्ण ढकाल
बर्दघाट,असार–४

बर्दघाट नगरपालिका वडा ७ मा रहेको राष्ट्रिय मा.वि . बेताहानीले शुक्रवार असल अभिभावकत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न् गरेकोछ । आफ्नो विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुका अभिभावकहरुलाई लक्षीत गरेर आयोजना गरीएको उक्त कार्यक्रममा २ सय बढी अभिभावकहको उपस्तिथी रहेको विद्यालयका प्र.अ. शेषकान्त पौडेलले जानकारी दिनु भएको छ ।
बर्दघाट नगरपालिकाको नमुना बिद्यालय कार्यक्रम अन्र्तगत संचालीत उक्त कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख लोक राज पन्थि र अधिकृत गोबिन्द शर्मा  लगाएतका ब्यीक्तहरुको उपस्तिथीमा उक्त कार्यक्रमको समुद्घाटन गरीएको थियो ।


बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिखु थारुको अध्यक्षता र शिक्षक सुवास रेग्मीको संचालन रहेको उक्त कार्यक्रमका विद्यालयका प्र.अ. शेषकान्त पौडेलले कार्यक्रमको औचित्यका वारेमा जानकारी गराउनु भएके थियो ।

नगरको सबैभन्दा पुरानो राष्ट्रिय मा.वि . बेताहानीलाई नगरपालिकाले शुरु गरेको नमुना विद्यालयको कार्यक्रम यस आर्थिक बर्षमा पनि संचालनमा रहने बताईएको छ । असल अभिभावकत्व अभिमुखिकरण कार्यक्रमका डि आर पराजुलीले सहजीकरण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.