Sarawal sit lahar Notis

जिल्ला सहकारी संघ नवलपरासीद्धारा पालिका प्रमुखहरुलाई ध्यानाकर्षण पत्र ।

0 19

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ २४
जिल्ला सहकारी संघ नवलपरासीले स्थानिय तहको दोस्रो निर्वाचनमा निर्वाचीत हुनुभएका जिल्लाका पालिका प्रमुख तथा उप प्रमुखहरुलाई लिखित धन्यवाद पत्र प्रदान गरेको छ ।
हिजो अर्थात सोमवार जिल्लाका सबै पालिकाहरुमा पुगेर जिल्ला सहकारी संघका पदाधिकारीहरुले पालिका प्रमुख तथा उप प्रमुखहरुलाई लिखित धन्यवाद पत्र संगै जिल्ला सहकारी संघले निर्माण गर्दैगरेको कोल्डस्टोरका वारेमा समेत पालिका प्रमुखहरुलाई ध्यानाकर्षण गराएको थियो ।

संघका जिल्ला अध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नवनिर्वाचीत पालिका प्रमुखहरुको कार्यकक्षमा संघका उपाध्यक्ष वृहस्पति अधिकारी,सचिव चण्डी पौडेल ,कोषाध्यक्ष हेदर अलीमुमिन लगाएतको टोली गएको थियो ।

लिखित धन्यवाद पत्र संगै दिईएको संघको ध्यानाकर्षण पत्रमा सुनवलमा निमार्णधिन रहेको २५ करोड लागत स्टिमेटको कोल्डस्टोरको ९५ प्रतिशतकामहरु सकिएको जानकारी गराईएको थियो । ठेक्का प्रक्रियाद्धारा निमार्ण गरीएको उक्त कोल्डस्टोर संघीय सरकारको ६० प्रतिशत स्थानिय तथा प्रदेश सरकारको २० प्रतिशत र जिल्लाका सहकारीहरुवाट २० प्रतिशत संयुक्त लगानी लगाएर निमाणर््ा सम्पन्न् गर्नेगरी उक्त आयोजना शुरु गरीएको संघका अध्यक्ष पौडेलले बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.