Holi care school

को हुन हिमलाल ज्ञवाली ?

54

✍️ कृष्ण ढकाल

२००५ साल माघ १ गते गुल्मी जिल्लाको रुरु– १ भटकुवा टाकुरामा जन्मेका हिमलाल ज्ञवाली पछिल्लो समय नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नंं २ ,चिसापानीमा बस्दै आउनु भएको थियो ।
एक वर्षअघि परलोक हुनुभएका ज्ञवालीलाई स्मरण गर्दा धेरैले फरक –फरक तरीकाले गर्ने गर्दछन् ।

कसैले समाज सेवीका रुपमा चिन्छन त कसैले पुराना विकास र निकास प्रेमीका रुपमा चिन्छन । ते कतिले बरिष्ठ साहित्यकारका रुपमा चिन्छन त कतिने पुराना पत्रकारका रुपमा पनि चिन्ने गर्दछन । त्यतीमात्र हैन उहांलाई कतिले त साहित्य तीर्थ स्थापना गर्ने ब्यक्तिका रुपमा चिन्छन ।

यसरी विभिन्न कालखण्डमा विभिन्न क्ष्ँेत्रमा आफ्नो फरकछाप छोड्दै समाजमा परिचित हुनुभएका ब्यक्ति स्व.हिमलाल ज्ञवाली ले आफ्नो प्रारम्भिक पढाइ भने गुल्मी कै रिडीमा गर्नु भएको थियो । पछि उहांले आफ्नो पढाईलाई स्नातक सम्म पुर्याउनु भएको थियो ।

बाबा प्रेमनारायण ज्ञवाली र मानकुमारी ज्ञवालीको कोखबाट गुल्मीमा जन्मेका हिमलाल ज्ञवालीका ३ वटा छोरा–छोरीहरू रहनु भएको छ । जसमध्ये डा.विक्रम ज्ञवाली, सुरेश ज्ञवाली र सिर्जना ज्ञवाली रहनु भएको छ ।

०२४ सालमा रिडीमा आयोजित अञ्चल स्तरीय प्रतियोगिता भागलिएर प्रथम भएसंगै नेपाली साहित्यमा प्रवेश गर्नु भएका ज्ञवाली त्यसपछि निक्कै महत्वका साथ साहित्य सृर्जना तिर लाग्नु भएको थियो । आफ्नो जिवनको युवा पनमा उहां पत्रकारितामा सक्रिय भए लाग्नु भएको थियो जुनसमयमा पञ्चायती व्यवस्था उत्कर्षमा थियो ।

त्यसै बीचमा २०३५ सालतिर ‘त्रीवेणी’ द्विमासिक र २०३६ सालमा ‘लाली गुराँस’ साहित्यिक लाली गुराँस मासिक दर्ता गरी साहत्यतिर कममर कसेर लाग्नु भएका ज्ञवालीले २०६४ सालमा लाली गुराँस नामक मासिक पत्रिकाको माध्यमबाट नवलपरासीका लेखक साहित्यकार र पत्रकारहरूको परिचयात्मक पुस्तक प्रकाशन शुरु गर्नु भएको थियो।

साहित्य लोकसङ्गीत, शिक्षा र सञ्चारको विकासको लागि प्रेमा वाङ्मय प्रतिष्ठान गठन गरी निरन्तर अघि बढुनु भएको थियो । बाबा प्रेमनारायण र आमा मानकुमारी को पहिलो अक्षर जोडेर प्रेमा वाङ्मय प्रतिष्ठान गठन नामक संस्था गठन गर्नु भएको थियो ।

हिमलाल ज्ञवालीका २ वटा कृतिहरू प्रकाशित भएका छन् । ती कृतिहरूमा ‘आफ्नै देश आफ्नै परिवेश’ ‘गद्य कविता सङ्ग्रह २०७३’, ‘समय समयका कुरा’ २०७७ रहेका छन भने यस बाहेक एउटा विकासका लागि सञ्चार पुस्तक र अन्य फुटकर सयौं लेखहरू रहेको पाईन्छ।