Jilla Ban Notis

आज आमाको मुख हेर्ने दिन

0 29

बर्दघाट,बैशाख–१७
आज आमाको मुख हेर्ने दिन । वैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउन गरिन्छ । जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशीर्वाद लिन्छन् ।

आमा नभएकाहरु भने तर्पण र पिण्ड दान गर्ने र आफ्नो आमालाई सम्झिँदै धार्मिक स्थलमा पुगेर पुजाआजा गर्ने धार्मिक प्रचलन रहिआएको छ । तर पछिल्लो समयमा सामाजिक संजालहरुमा आफ्ना आमाहरुका तस्विर राखेर आमाको स्मरण गर्ने प्रचलन बढेर गएको छ ।

Leave A Reply

Your email address will not be published.