Jilla Ban Notis

जातीय भेषभुषामा सजिएका कन्यहरुलाई अघि लगाएर उमेदवारी दर्ता ।

0 66

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१३
यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा बर्दघाट नगरपालिकामा आफ्नो उमेदवारी दिनजानेहरु मध्ये नगर प्रमुखका लागि उमेदवारी दिन जाँदा धिरज शर्मा बस्याल फरक शैलीमा गएको पाईएको छ ।

नेकपा एमालेको तर्फवाट नगर प्रमुखका लागि उमेदवारी दिन जाँदा धिरज शर्मा बस्यालले सात कन्यहरुलाई पुजनगरी धार्मिक र जातीय सद्भाव सहित आफ्नो उमेदवारी दर्ता गराएको पाईएको छ ।

बर्दघाट नगरका सबै जात जातीहरुको प्रतिनिधित्वहुने गरी फरक–फरक जातीय भेषभुषामा सजिएका सात कन्यलाई आफ्नै निवासमा पुजनगरी आमा बाबुको आशिर्वाद लिएर कलस सहित बस्याल उमेदवारी दिन जानुभएको थियो ।
नेकपा एमाले बर्दघाट नगर कमिटिको पार्टीकार्यालयवाट पार्टीका नेता कार्यकर्ताहरु सहित उमेदवारी दिन जानुभएका बस्यालले आफुले नगरका सबै जातजातीहरुको सम्मान र पहिचानका लागि यसरी जातीय भेषभुषामा सजिएका कन्यहरुलाई अघि लगाएर आफु गएको बताउनु भएको छ ।
उहांले धार्मिक मान्यता अनुसार पनि कुनै पनि शुभकार्य गर्दा कन्यहरुलाई पुजन तथा भोजन गर्नु उत्तम मानिने भएकाले आफुले धार्मिक र सबै जातजातीको पहिचानका लागि यसरी फरक शैलीमा आफु उमेदवारी दिन गएको बताउनु भएको छ ।

बर्दघाट नगरपालिकामा यस अघि पनि २०७४ साल असार १४ गते भएको स्थानिय तहको पहिलो निर्वाचनमा नेकपा एमालेको तर्फवाट निर्वाचीत नगर प्रमुख रहनु भएको बस्यालले अहिले फेरी पुनः नगर प्रमुखमा आफ्नो उमेदवारी दिनु भएको हो ।

२०७४ सालको निर्वाचन परिणाम यस्तो थियो बर्दघाट नगरपालिकामा

यस अघि आफुले शुरुगरेका योजनाहरु पुरा गर्न र समृद्ध नगर बनाउनका लागि आफुले पुनः नगर प्रमुखमा उमेदवारी दिएको बस्यालले बताउनु भएको छ । बस्यालसंगै चुनावी तालमेल गरेको जनमुक्ति पाटीकी तारा रानाले उप प्रमुखमा उमेदवारी दिनु भएको छ ।

यता
गठबन्धनका तर्पmवाट नेपाली कान्ग्रेसका शम्भुलाल श्रेष्ठले नगर प्रमुखमा उमेदवारी दिनु भएको छ भने उप–प्रमुखमा रुद्र प्रकाश उपाध्ययाले उमेदवारी दिनु भएको छ । त्यसैगरी राप्रपा वाट मिलन श्रेष्ठले उमेदवारी दिनु भएको छ ।

उमेदवारी दर्ता गर्नका लागि जानेक्रममा नेकपा एमाले,गठवन्धन पार्टी र राप्रपा पार्टीले छुट्टाछुट्टै र्याली सहित उमेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय बर्दघाट नगरपालिका पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.