कृष्ण ढकाल
बर्दघाट,बैशाख–९
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ७४औं स्थापना बर्षको अवसर पारेर नवलपरासीका विभिन्न पालिकाहरुमा नेकपा एमालेले आफ्नो पार्टीको स्थापना दिवस मनाएको छ ।
दिवस मनाउने क्रममा बर्दघाट नगर कमिटिले पनि नगर कमिटिका अध्यक्ष रविन्द्र बिक्रम हमालको अध्यक्षता र केन्द्रिय कमिटि सदस्य तथा जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा एक कार्यक्रममो आयोजनागरी दिवस मनाएको थियो ।
बर्दघाटमा भएको आयोजीत कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टीका नेताहरु अब शासक भएर हैन सेवक भएर काम गर्न आग्रह गरेका थिए । उनीहरुले पार्टीको नेता भएपछि अब जनताको भावना र समयको महत्वलाई बुझेर समयानुकुल समाज समृद्धितिर लैजानेगरी आफ्ना योजना ल्याएर पार्टी अघि बढ्न जरुरी रहेकोमा जोड दिएका थिए ।
त्यसैगरी आसन्न निर्वाचनमा नेकपा एमाले पार्टीले खडा गरेका सबै जनप्रतिनिधिहरुलाई आ–आफ्नो क्षेत्रवाट लागेर बहुमतका साथ बिजयी बनाउनका लागि पनि आग्रह तथा प्रतिवद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेको ईतिहास ,पार्टीले अहिले सम्म देश र जनताका लागि ल्याएका योजना र त्यसको प्रभावकारीतासंगै नेता र कार्यकर्ताहरुले पु्याएको योगदानका वारेमा चर्चा परिचर्चा गरीएको थियो ।
त्यसैगरी नेकपा एमाले बर्दघाट नगरका जेष्ठ सदस्यहरुलाई सम्मान गर्नुका साथै नव प्रवेशीहरुलाई पनि दोसल्ला ओढाएर स्वागत गरीएको थियो ।
नगर कमिटि सचिव कृष्ण गौतमको संचालन रहेको कार्यक्रममा लुम्बिनी प्रदेश कमीटीक िमाया पौडेल,फुलकुमारी गिरी,एकदेव पाण्डे, मन बहादुर बि.क.(मनगोल्डी),जिल्ला कमिटि सचिव धिरज शर्मा बस्याल लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रममा जन साँकृतिक महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम भण्डारीले सहभागिहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।