सुनवल,बैशाख –८
सुनवल नगरपालिकालाई पश्चिम नवलपरासीमै पहिलो पटक १२ बर्ष माथि कोभिड १९ विरुद्धको पुणर् खोप सुनिश्चितता घोषणा गरिएको छ । रमवापुर माध्यमिक विद्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका विच “पुणर् खोप सुरक्षित भविष्य स्वामित्व र सहभागितापुणर् खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ जिल्ला खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले १२ बर्ष माथिकालाई कोभिड १९ विरुद्धको पहिलो शृंखलाको पुणर् मात्रा खोप लगाएको नगरपालिका घोषणा गर्नुभएको हो ।
२०७७ माघमा जिल्ला र फागुनमा पालिकाहरुमा सुरु गरिएको यो अभियान सुनवल नगरपालिकामा ४ ओटा खोप केन्द्र बाट सुरु भई १३ वटै वडामा विस्तार गरी १२ बर्ष माथिका सवैलाई खोप लगाउन सफल भएको स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाले १५ हजार ८ सय घरधुरीमा ३ हजार ८सय ९० जनाालाई टोलटोलमा गई खोप लगाई जम्मा ५४ हजारलाई खोप लगाइएको बताउनुभयो।
कार्यक्रममा पत्रकार दिपक खनाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थि, रुपन्देही जिल्ला खोप संयोजक भेषराज शर्मा लगायतले पुणर् खोप घोषणा संगै त्यसलाई निरन्तरता र दिगोपन गराउन चुनौति पनि रहेको बताउनुभयो ।
सुनवल नगरपालिकाका प्रम्ुाख प्रशासकिय अधिकृत अशोक कोईरालाको अध्यक्षता एवं सुनवल नगर निर्वाचन अधिकृत लिलाधर अधिकारी लगायत स्वास्थ्यकर्मि, पत्रकार लगायत व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा सहयोगी संस्थाहरुलाई पुणर् खोप कार्यक्रममा सहयोग पुर्याएवापत प्रशंसा पत्र प्रदान गरिएको थियो । उक्त खोप कार्यक्रमलाई सहयोग गर्ने संस्थाहरु युएसआईडि नेपाल, एसएस वि एच, वेस नेपाल, सुआहारा, सशक्तिकरण नेपाल लगायत रहेका छन् ।
नेपालका ७ सय ५३ स्थानिय तहहरु मध्ये १२ बर्ष माथिकालाई कोभिड १९ विरुद्धको पहिलो शृंखलाको पुणर् मात्रा खोप लगाएका पालिकाहरु मध्ये सुनवल नगरपालिका पाचौ रहेको कार्यक्रमका संचालक एवं सिनियर अहेव चुरामणी नेपालले जानकारी दिनुभयो ।
