कृष्ण ढकाल
बर्दघाट,चैत २५
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपरासी जिल्ला कमिटीको दोश्रो बैठक विहिवार बर्दघाटमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रिय पोलिटब्यूरो सदस्य तथा लुम्विनी प्रदेश कमिटीका सह इन्चार्जको बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा उक्तबैठक सम्पन्न् भएको थियो ।
बर्दघाटमा भएको बैठकले वडाध्यक्ष देखि नगर प्रमुख सम्मका जनप्रतिनिधीका उमेदवारको नाम सिफारिस गर्न निर्देशन गरेको जिल्ला पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजनकुमार आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।
त्यसैगरी बैठकले २०७९ बैशाख ९ गते नेकपा स्थापना दिवसका अवसरमा केन्द्र पार्टीको स्थानीय निर्वाचन घोषणा पत्र तथा सातवटै स्थानीय पालिका र ७४ वटै वडाको प्रतिवद्धता पत्र सार्वजनिक गर्ने र अग्रज सेल्टरदाताहरुको सम्मान कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम तय गरेको समेत आचार्यद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
त्यसैगरी स्थानीय तह निर्वाचन २०७९ को लागि बैठकले तीन हजार पाँच सय पाँच सदस्यीय जिल्ला स्तरीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ भने पार्टीको सचिवालय सदस्यमा सरिता पौडेल तथा जिल्ला कमिटी सदस्यमा उत्तमध्वज के सी, भगवती यादव, र केशव खत्रीक्षेत्री लाई गरीएको मनोनयन जिल्लाको पूर्ण बैठकले अनुमोदन गरी सपथ ग्रहण गराएको जनाईएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपरासी जिल्ला कमिटीको दोश्रो बैठकमा केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज ,सहइन्चार्ज ,प्रदेश कमिटीका सदस्यहरु लगाएको आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको अध्यक्षता रहेको थियो ।