Jilla Ban Notis

पत्रकारीता विकासमा संचार संस्थाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

0 68

दिपक खनाल
सुनवल,चैत्र–१९
नवलपरासीको पत्रकारीता विकासमा संचार संस्थाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिवार त्रिवेणीमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा सुस्ता गाउपालिकाको सहयोगमा संचालित कार्यक्रममा जिल्लाका संचार संस्थाका संचालक, एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एवं सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले पत्रकारले संवेदनशिल भई सत्यतथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने बताउदै फरक पत्रकारले फरक क्षेत्रमा कलम चलाउन आग्रह गर्नुभयो ।
यस्तै विशिष्ठ अतिथि एवं सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले हरेक क्षेत्रलाई सही बाटोमा डोर्याउन पत्रकारीता महत्वपुणर् रहेको भन्दै संचारसंस्थाले जनशक्ति विकासमा जोड दिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष हरी शर्माले समाचार प्रकाशन, प्रशारणका सम्बन्धमा संचार संस्थाका संचालकहरुबाट दवाव दिन नहुने बताउनुभयो । पत्रकार महासंघका पुर्वअध्यक्ष केशव पराजुलीले संचारसंस्था संचालनमा धेरै समस्या एवं चुनौतिहरु रहेकाले त्यसलाई समन्वय गर्नुपर्ने बताउनुभयो । उहाले अनलाईनमा आएका समाचार तल माथि गरेर प्रकाशन प्रसारण गर्ने गरेकाले पनि पत्रकारको बृद्धिविकास हुन नसकेको औल्याउनुभयो ।


रेडियो दाउन्नेका अध्यक्ष यम बहादुर थापाले शिक्षा पत्रकारीतामा जोड दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा जिल्लाका संचार संस्थाका संचालकहरुले संस्था संचालनका क्रममा देखीएका विभिन्न समस्या एवं चुनौतिहरु र संचार संस्थामा आवद्ध पत्रकारहरुको पारीश्रमिक, बृति विकास, तालिम तथा प्रशिक्षण एवं पत्रकारीताका क्रममा आईपरेका चुनौतिहरु, लगायतको बारेमा छलफल गरीएको थियो ।
सोही अवसरमा प्रशिक्षक पत्रकार भरत भुषालले पत्रकारीताका विभिन्न विषयहरुका बारेमा प्रशिक्षण प्रदान गर्दै दिगो व्यवहारीक योजनाले संचार संस्थामा देखीएका चुनौतिहरुलाई निराकरण गर्न सकिनेमा जोड दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.