Jilla Ban Notis

सुनवलमा रक्तदान कार्यक्रम सम्पन्न ।

0 80

अमृता सुनार
सुनवल,चैत्र–२०
६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी सस्था लिमिटेडको आयोजनामा शनिवार सुनवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी सस्था लिमिटेड युवा परिचालन समिति संयोजक टिकाराम अधिकारीको अध्यक्षता एवम सुनवल नगरपालिका कार्यबाहक नगरप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यता मा उक्त कार्यक्रम सम्पन्न् भएको हो ।
जिल्ला सहकारी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सचिव तथा लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी सस्था लिमिटेडका सल्लाहाकार चण्डी प्रसाद पाण्डेको विशेष आतिथ्यतारहेको उक्त रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष लेखनाथ खरेल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उपसभापति कृष्ण प्रसाद लामिछाने, सुनवल खानेपानी उपसभापति तथा सरसफाई संस्थाका अध्यक्ष खड्ग बस्नेत, नेपाल्र रेडक्रस सोसाइटी सुनवल उपशाखा सभापति गोपाल शर्मा, लगायतको आतिथ्यता रहेको थियो ।

रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए। संस्थाका अध्यक्ष लेखनाथ खरेलको स्वागत मन्तवय रहेको कार्यक्रममा बोल्दै सुनवल नगरपालिका कार्यबाहक नगरप्रमुख दधिराम अर्यालले रक्तदान जस्तो पुण्य कार्यहरुको लागी नगरपालिका तथा आफनो व्यक्तिगत तर्फ बाट सदैव निरन्तर सहयोग गर्ने प्रतिबद्ता व्यक्त गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.