Sarawal sit lahar Notis

स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै हतियार बुझाउन प्रशासनको आग्रह .

0 68

चैत ११
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले आज एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गर्नुभएको हो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो विश्वसनीय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको प्रजिअ पोखरेलको भनाई छ । तोकिएको समयमा हतियार नबुझाएमा कानुन बमोजिम भई जाने समेत उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.