Jilla Ban Notis

रामग्राम नगरलाई बालमैत्री नगर घोषणा गर्ने तयारी ।

0 83

गाैरीशंकर जयसवाल
परासी १० चैत्र
रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा हुने भएकाे छ ।नगरपालिकाले यही चैत्र १२ गते बालमैत्री नगर घोषणा गर्ने तयारी गरेकाे छ । बालमैत्री घोषणाकाे अन्तिम तयारी पूरा भएकाे आज रामग्राम नगपालिकाले पत्रकार सम्मेलन गरि जानकारी गराएकाे छ ।
बालमैत्री स्थानीय शासन, बालअधिकारसम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवद्र्धन गरी नेपालको संविधानबमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो ।
साेहि अनुसार रामग्राम नगरपालिकाले नगरलाई बालमैत्री नगरघोषणा गर्न लागिएकाे त्यसकाे तयारी अन्तिम चरण पूरा भएकाे पत्रकार सम्मेलनमा नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

उनकाे अनुसार जिल्ला समन्वय समिति तर्फबाट संयुक्त अनुगमन भई बालमैत्री घोषणागर्न त्यसकाे प्रतिबेदन आईसकेकाे र लुम्बिनी प्रदेश सरकारले बालमैत्री नगर घोषणा गर्न स्वीकृति दिई सकेकाेले नगर बालमैत्री नगर घोषणा गर्न तयारी अन्तिम चरण पुगेकाे बताए ।
बालमैत्री नगरघोषणा हुनु नै बालश्रम मुक्त बालबालिकाकाे पहुँच ,शिक्षा पहुँच पुग्ने भएकाे नगरप्रमुख गुप्ताले बताए ।
बालमैत्री नगरघोषणा गर्नकाे लागि ताेकिएकाे सम्पूर्ण सुचकहरू पूरा भईसकेकाे रामग्राम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डे जानकारी दिए ।बालमैत्री नगर घोषणा गर्नकाे लागि ५१ वटा सुचक रहेकाेले ती सबै सुचकहरू नगरपालिकाले पूरा गरिसकेकोले अब नगरलाई बालमैत्री गराउने तयारीमा जुटेका छाै प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए ।
बालमैत्री नगर घोषणाकाे लागि मुख्यत ४ वटा क्षेत्रमा ५१ वटा सुचक पूरा भई सकेकाे र ५१ सूचकमध्ये ८० मा शतप्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रवाधन रहेकाे नगरपालिका नगरशिक्षा अधिकारी रूद्रप्रसाद रेग्मीले बताए ।
उनकाे अनुसार बाल बचाउ ,बालबिकास ,बाल संरक्षण र संस्थागत बिकास मुख्यतः रहेकाे यससुचकमा कुनैमा ८० प्रतिशत ,९० प्रतिशत र कुनै सुचकमा १०० प्रतिशत त्यस्तै ६ सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न सकिने छ ।
नगरपालिकामा बिद्धालय र टाेलगरी १०२ बालक्लब रहेकाे छ जसमा वडास्तरीय १८ जना बालक्लब र नगरस्तरीय बालसंजाल १ वटा रहेकाे नगरशिक्षा अधिकारी रेग्मीले जानकारी दिए ।१८ बर्ष मुनिका बालबालिकाकाे संख्या कुल नगरपालिकामा २० हजार ८ सय २६ रहेकाे छ । रामग्राम नगरपालिकामा १८ वटा वडाहरू रहेकाे छ ।यो अभियान सफल पार्न नगरपालिकाले हरेक वडामा बाल सहजकर्ता तथा बालमैत्री स्वयंसेवक परिचालन गरिएकाे छ ।

Leave A Reply

Your email address will not be published.