Jilla Ban Notis

विप्लव नेतृत्वको सुनवल नगर कमिटी गठन ।

0 29

चैत ५ सुनवल

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सुनवल नगर कमिटी भेला सम्पन्न भएको छ।भेलाले दुर्गा पाण्डेयको सचीवमा २१ सदस्यीय नगर कमिटी गठन भएको छ ।

नवलपरासी जिल्लाका पुर्व सचिव एवं प्रकाशन विभाग सदस्य डा।शिव शंकर बस्यालको प्रमुख आथित्यतामा नेकपा नवलपरासीका जिल्ला समिति सदस्य दुर्गा पाण्डेयको अध्यक्षमा भएको कार्यक्रमको जिल्ला कमिटी सदस्य आत्माराम आचार्यको स्वागत सगै सुरु भएको कार्यकरमको संचालन सुनवल नगर कमिटी सदस्य मायाले गर्नु भएको थियो ।

प्रमुख अतिथि बस्यालले राज्यले जनताबाट विभिन्न बाहानामा लुटेको आरोप लगाउनु भयो।राज्यले साना व्यवसायीलाई अंकुश लगाउदै ठुला व्यवसायीको पक्षमा मात्र निर्णय गरेको बताउदै,संसदीय व्यवस्था दलालहरुको व्यवस्था भएको बताउदै जस्ले पैसा खर्च गर्न सक्छ उसैले मात्रै चुनाव जित्ने वातावरण हुने त्यसैले यो व्यवस्था विरुद्ध हाम्रो पार्टीले नेता चुन्ने चुनाव नभइ व्यवस्थाको चुनाव गराउन लागेको बताउनु भयो।अमेरिकी साम्राज्य भन्दै जनयुद्ध लडेका माओवादी नेताहरु नै अमेरिकका सामु घुडा टेकेको भन्दै यिनलाई समाजमा बहिष्कार गर्न पर्ने बताए ।

बस्यालले पार्टीको लडाइ सेना प्रहरी संग नभइ देशद्रोही र दलाल भ्रष्टाचारीसंग भएकोले व्यवस्था परिवर्तनको पक्षमा भएको मागेर खाने नभइ आत्मनिर्भरको लागि लड्नु पर्ने भन्दै एकीकृत जनक्रान्तीको कार्यदिशामा गोलबन्द हुन आग्रह गर्नु भयो।

त्यसैगरी नेकपा नवलपरासी जिल्ला कमिटी सदस्य एवं रामग्रामरसुनवल इन्चार्ज अतिथि रामप्रतीले भुम(माफिया,कालोबजारी भ्रष्टाचार,एनसिएलका जस्ता कर नतिर्ने कम्पनी र एमसिसि खारेजी आन्दोलन,मूल्यवृद्धिका आन्दोलनलाई जनतालाइ जागरुक बनाउदै अगाडि बढ्नु पर्ने बताए ।

जनताको आन्दोलनका बाबजुद पनि सरकार र संसदमा रहेका दलले एमसिसी पास गरेको भन्दै यिनैलाइ घर गाउबाट बहिस्कार गर्नु पर्ने बताउनु भयो।

भेलाले नगरकमिटी सहित विभिन्न जनबर्गिय संगठन महिला,युवा,विद्यार्थी र कलाकार संगठन समेत गठन गरेको छ।

भेलामा नेकपा नवलपरासी जिल्ला सदस्य एवं बर्दघाट इन्चार्ज प्रताप,जिल्ला कमिटी सदस्य एवं थारु मुक्ति मोर्चा अध्यक्ष अनिल,जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सदस्य एवं नवलपरासी जिल्ला अध्यक्ष प्रदिप पाठक,सहिद परिवार बुवा डिल्लीराम भण्डारी लगायतको उपस्थित रहेको थियो।

Leave A Reply

Your email address will not be published.