Sarawal sit lahar Notis

संस्थागत भेटघाटमा ब्यक्त पूर्व मन्त्री त्रिपाठी

0 61

कृष्ण ढकाल
बर्दघाट,फागुन–३०
पूर्व मन्त्री हृदेश त्रिपाठीले आईतवार दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी संस्था,बर्दघाटका महिलाहरुसंग भेटघाट तथा संस्थागत विषयमा आन्तरीक छलफल गर्नु भएको छ ।

जनता प्रगतिशिल पार्टीका केन्द्रिय अध्यक्ष समेत रहनु भएका नेता हृदेश त्रिपाठी आफ्नो पार्टी दर्तापछि पहिलो पटक गृहजिल्ला आउदा आईतवार बर्दघाटमा रहेको दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी संस्थाका महिलाहरुसंग संस्थागत भेटघाट गर्नु भएको हो ।

भेटघाटका क्रममा संस्थाका अध्यक्ष देवि पौडेल लगाएत उपाध्यक्ष,लक्ष्मी शर्मा ,सचिव लक्ष्मी बर्तौला ,सल्लाहकार गौमाया गिरी लगाएतले आफ्नो संस्थामा सभाहलको आवश्यकता रहेकाले त्यसका लागि पहल गरीदिन अनुरोध गरेका थिए ।
घेटघाटका क्रममा पूर्व मन्त्री त्रिपाठीले बर्दघाट नगरमा महिलाहरुले मात्र नेतृत्व गरेर संचालन गरेको संस्थाले गरेका काम र सेवा प्रति आफु हर्षित भएको बताउदै आफुले भनेर हुने स्थानमा संस्थाका लागि हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
नेता त्रिपाठीले सकेसम्म आफुले नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगतको तराई–मद्येश समृद्धि कार्यक्रम मार्फत दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी संस्था,बर्दघाटलाई छिट्टैनै एउटा सभाहलका लागि चाहिने खर्च जुटाईदिने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.