Sarawal sit lahar Notis

बर्दघाट वडा नम्वर १० मा स्टार लाईफ बाल संजाल गठनः अध्यक्षमा अंकिता मिश्र

0 330

कृष्ण ढकाल
बर्दघाट,फागुन–२८
बर्दघाट नगरपालिका वडा नम्वर १० को आयोजना र गाउँले दर्पण मिडिया प्रालीको ब्यवस्थापनमा आज बडा स्तरीय वाल संजाल गठन कार्यक्रम सम्पन्न् भएको छ । ज्ञानोदय माविको हलमा भएको वडा बालभेलाले अंकिता मिश्रको अध्यक्षतामा नयां बाल संजाल गठन गरेको छ ।

जस्को उपाध्यक्षमा तारा प्रसाद लामिछाने,सचिवमा बिनिता पाण्डे र सह–सचिवमा समिक्षा दुलाल रहनु भएको छ । त्यसैगरी संजालको सदस्यमा गौरव क्षेत्री,राधिका चापागाई,शेषनारायण चौधरी,सजल भुषाल,उज्जवल काफ्ले सुस्मिता खड्का रहनु भएको छ । गठीत बाल संजालको नाम स्टार लाईफ बालसंजाल नामाकरण गरीएको छ ।

नवगठीत बाल संजालको समिति जनप्रतिनिधिहरुसंग

बर्दघाट नगरपालिका वडा नम्वर १० वडाध्यक्ष राजु मिश्रको अध्यक्षता र गाउँले दर्पण मिडिया प्रालीका कार्यकारी निर्देशक कुस्माकर ढकालको संचालनमा भएको उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष राजु मिश्रले अब वडाका हरेक बाल–बालिकाहरुका सवालमा एक भएर अघिबढ्न नवगठीत बाल संजाल सक्रिय हुनु पर्नेमा जोड दिनु भएको थियो । उहांले अब बर्दघाट नगरपालिकालाई बालमैत्री नगर बनाउने कार्यमा बडा नं. १० नगरकै नमुना बाल संजालका रुपमा स्थापित हुनेगरी क्रियाशिल हुन आग्रह गर्नु भएको थियो ।

बडा स्तरीय वाल संजाल गठन गर्नुपूर्व वडा बालभेलामा सहभागि बाल–बालिकाहरुलाई बाल क्लब र बाल संजाल को काम,कर्तब्य,अधिकार र गठन प्रक्रिया संगै बाल आचार संहिताका वारेमा गाउँले दर्पण मिडिया प्रालीका कार्यकारी निर्देशक कुस्माकर ढकालले सहजीकरण गर्नु भएको थियो । वडा बालभेलामा ४५ बढी बाल–बालिकाहरु,वडाका जनप्रतिनिधि,वडासचिव,स्वास्थ्य स्वयमसेवीका, तथा स्वास्थ्य चौकीका कर्मी लगाएत समाजिक ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.