Jilla Ban Notis

सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको वार्षिक साधारणसभा सम्पन्न ।

0 75

सुनवल,फागुन–२८
सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खड्क बस्नेतको अध्यक्षता र सुनवल नगरपालिकाका कार्यबाहक नगर प्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यमा साधारण सभा सप्पन्न भएको हो ।
सो अवसरमा बोल्दै कर्याबाहक नगरप्रमुख अर्यालले शुद्ध पिउने पानी नागरिकको मौलिक अधिकार भएको भन्दै सुनवलबासीलाई शुद्ध पिउने पानीको पहुँच पु¥याउनको लागि नगरपालिका सक्रिय रूपमा लागेको बताउनु भयो ।
त्यस्तै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका संयोजक थानप्रसाद गैरेले लुम्बिनी प्रदेश भरीका पालिकामा महासंघ बिस्तार गर्दै खानेपानी पहुँच वृद्धि गर्नका लागि समन्वय गर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका सल्लाहाकार संयोजक विष्णु पौडेल, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, सुनवल नगरपालिका वाड नम्वर ४ का वडाध्यक्ष विर बहादुर गुरुङ, नेकपा एकिकृत समाजवादी पार्टिका सुनवलका अध्यक्ष टेक वहादुर पुन लगाएतले बोल्दै उनीहरुले सुनवको पिउनेपानीमा देखियको आर्सेनिकबाट मुक्त हुने र दीर्घकालीन रुपमा स्वच्छ पानी आपुर्ती गर्नु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी बाताबरणिय नियम तथा कानुनको पालना गर्दै खानेपानी स्रोतको खोजी गर्ने र सुनवलबासिलाई स्वच्छ खानेपानी उपलब्ध गराई पुर्णरुपमा संतुष्टि प्रदान गर्ने उद्देश्यका साथ सुनवल खानेपानी संस्था लागिपरेको संस्थाका अध्यक्ष खड्क बस्नेतले बताउनु भएको थियो। अध्यक्ष वस्नेतले आयोजनाका स्वरुप , खानेपानी स्रोतको अवस्था, ऋण अवस्था, पानीको उत्पादन र वितरण साथै आगामि लक्ष्यहरुको वारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले हाल सुनवल नगरपालिका का वाड नम्बर १,३,४,६ र १० मा गरि ३ हजार ६ सय ७० धारा जडान गरि ३२ हजार जनसंख्यालाई दैनिक १७ लाख ८५ हजार लिटर पानी मध्य १४ लाख ९९ हजार पानी दैनिक १६ घन्टा बितरण गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरीएको थियो ।
साधारण सभामा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष तितली पुनको रहेको थियो भने लेखा समितिको प्रतिवेदन लेखा संयोजक विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । संस्थाले चालु आर्थिक बर्ष २०७८ श्रवण देखि माघ मसान्त सम्मको जम्मा १ करोड ८२ लाख ९८ हजार ७२ रुपौयाको आयव्याय विवरण प्रस्तुत गरेको थियो ।
संस्थाका उपाध्यक्ष बल वहादुर थापाको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सचिव हिमलाल पराजुलीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.