Sarawal sit lahar Notis

विप्लव–नारायणकाजी भेटघाटले माओवादी केन्द्रमा तरङ्ग

0 20

फागुन–१९

एमसीसी अनुमोदनसँगै पार्टीमा असन्तुष्ट व्यक्त गरिरहेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको भेटघाटले माओवादी केन्द्रमा तरङ्ग सिर्जना गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट रहेका श्रेष्ठलाई भेट्न विप्लव श्रेष्ठको हात्तीवनस्थित निवासमै पुगेका हुन् ।

भेटमा विप्लवले एमसीसी अनुमोदन राष्ट्रहितविपरीत गरिएकोले राष्ट्रवादीहरूबीच नयाँ ढंगबाट एकता र सहकार्य गर्नुपर्ने प्रस्ताव गरेको बताइन्छ ।  माओवादी वृत्तमा श्रेष्ठले एमसीसी अनुमोदनकै विषयलाई लिए पार्टी विभाजन वा परित्याग गर्नसक्ने चर्चा चुलिएको छ । यस्तो बेला श्रेष्ठ र विप्लवबीचको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ । माओवादी अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनपछि ‘कसैले पार्टी विभाजन गरेर फरक नपर्ने’ आशयको अभिव्यक्ति दिएका थिए ।

श्रेष्ठलाई सम्झाउन मंगलबार प्रचण्ड आफै हात्तीवन पुगेका थिए । प्रचण्ड र श्रेष्ठबीच बढ्दो विवादका कारण माओवादीभित्र अन्तरसंघर्ष चुलिने स्थिति छ । धेरै विषयमा फरकमत राख्दै आएका नारायणकाजी र विप्लवको भेटघाटले सहकार्यसम्म पुग्न सक्ने भन्दै प्रचण्ड अत्तालिएका छन्, यता माओवादी धुव्रीकरणको विषयमा चर्चा भैरहेको बेला एमसीसी पास गरेसँगै माओवादी धुव्रिकरण झण्डै तुहेको छ । @ अन खबर

Leave A Reply

Your email address will not be published.