Sarawal sit lahar Notis

बर्दघाट–१४,चौपत्तामा शशि ढाका कपडा उद्योग शुभारम्भ ।

0 65

कृष्ण ढकाल
बर्दघाट,फागुन–६
सामाजिककार्यमा समेत निक्कै क्रियाशिल बुद्धिमाया सुनारले आज बर्दघाट–१४,चौपत्तामा औपचारीक रुपमा शशि ढाका कपडा उद्योगको शुभारम्भ गर्नु भएको छ । ढाका कपडा सम्वन्धि राम्रो जानकार रहनुभएकी बुद्धिमायाले कम आय भएका स्थानिय महिलाहरुमा सिपको विस्तार गराएर उनीहरुलाई समेत रोजगारी सृजना गर्ने सोंचका साथ आफुले उक्त उद्योगको शुभारम्भ गरेको बताउनु भएको छ ।
ग्रामीण स्तरमा रहेर उद्योगी तथा ब्यवसायि बन्नु चुनौती पूर्ण रहदा रहदै पनि आफ्नो दृष्ढईच्छा शक्ति र पारिवारको सहयोगले आफु उद्योग संचालनका लागि सफल भएको बुद्धिमायाले बताउनु भएको छ ।

हातेतानबाट बुनिने ढाकाका कपडा साडी, चोलो, सल, टोपी, स्टकोट कुर्ता,सुरुवाल र जातीगत पहिरनका पोशाकहरु तयार गरेर दिने गरी शुरु भएको सो उद्योग संचालन गरेर आफुलाई नेपालीपनको गौरव महसुस भएको उद्योग संचालक बुद्धिमायाले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.