Jilla Ban Notis

सरावल गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष पदका आकांक्षिहरु यस्ता छन ।

0 44

उमेश वि.क.
सरावल,फागुन–६

सरकारले स्थानीय तह निर्वाचनका लागि वैशाख ३० गते देशभर एकै चरणमा गर्ने निर्णय गरेसंगै कुन पार्टीबाट को उम्मेदवार बन्ने भन्ने चर्चाले तिव्रता पाएको छ । यस्तै नवलपरासीको विभिन्न पालिकाकाहरुमा पनि पछिल्लो समय चुनाव केन्द्रित भेटघाट र छ्लफलका गतिविधिहरुले तिब्रता पाएका छन् ।

यसैबीच पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिकामा पनि स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरीक प्रचारबाजी शुरु गरेका छन् ।

आगामि स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट सरावल गाउँपालिकाको अध्यक्ष पदको उमेदवारका लागि वर्तमान अध्यक्ष राधेश्याम चौधरीले आफु पुनः दोहरीने इच्छा जाहेर गरिरहनु भएको छ। वर्तमान उपाध्यक्ष उत्तमा राय ,प्रदिप कुमार अग्रहरी र अनिल कुमार गौड ले पनि पालिका अध्यक्षको सम्भावित उम्मेदवार रहने इच्छा जाहेर गर्नु भएको छ ।

त्यस्तै पार्टी निकट स्रोतका अनुसार नेकपा एमालेबाट सुखाडी प्रसाद चौधरी , पन्चराम चौधरी , जगदीश चौधरी , सुशान्त शर्मा घिमिरे र देवराज चौधरी लगाएको सरावल पालिका अध्यक्ष पदको उम्मेदवार रहने आकांक्षी देखिएका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट पहलाद पासवान र प्रकाश भट्टराई सरावल गाउँपालिका अध्यक्ष पदको उम्मेदवार रहने आकांक्षी देखिएका छन्। त्यस्तै जसपाबाट इन्द्र कमल यादव र निर्मल यादव पालिका अध्यक्ष पदको लागि उम्मेदवार रहने आकांक्षी देखिएका छन्।

त्यस्तै जनमत पार्टीबाट सैलेश चौधरी र सारदा चौधरी पालिका अध्यक्ष पदको उम्मेदवार रहने संभावना बलियो देखिएको छ । त्यसैगरी लोसपा पार्टीबाट सुभान अन्सारीको उम्मेदवारी रहने बताइएको छ । त्यस्तै राप्रपाबाट सरावल गाउँपालिका अध्यक्षमा ओम प्रकाश चौधरी र नरेश चौधरी उम्मेदवार रहने संभावना देखिएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्र र जनता प्रगतिशील पार्टीबाट सरावल गाउँपालिकामा हाल उम्मेदवारहरुको चर्चा भने कम देखिएको छ । सरावल गाउँपालिका अध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरीक प्रचारबाजी गरेपनि हाल पार्टीहरुले उम्मेदवारको औपचारिक घोषणा भने गरेका छैनन् ।

सात वटा वडा रहेको सरावल गाउँपालिका हाल २७ हजारको हाराहारीमा मतदाताहरुले स्थानिय तहको आगामि निर्वाचनमा मतदान गरी उमेददार चयन गर्नेछन । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्नेहरुको पनि लहर चल्न थालेको छ ।

Leave A Reply

Your email address will not be published.