Jilla Ban Notis

पाँच कम्युनिष्ट पार्टी र मोर्चाको नेपाल बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस ।

0 65

बर्दघाट,फागुन–३
बन्द सफल बनाउन भन्दै नेपाल बन्दको पूर्व सन्ध्यामा पश्चिम नवलपरासी सहित देशैभर मसाल जुलुस गरिएको छ । बर्दघाटमा भएको मसाल जुलुसमा क्रान्तिकारी माओवादी विप्लव नेकपाका नेता कार्यकर्ताहरुले एमसीसी सम्झौता खारेज गर दलालहरु होसियार लगायतका नारावाजी गरेका थिए ।
बर्दघाट बजार चोक भन्दा पश्चिम र चिसापानी चोक भन्दा पूर्वमा रहेको शिवनगरबाट निकालिएको जुलुस बर्दघाट चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य क्षेत्रबहादुर थापा र विप्लव नेकपामा बिशेष जिल्ला सदस्य गंगाराम ज्ञवालीले संसदबाट एमसीसी पारित गरिए एमसीसीका दलाल र मतियारहरुलाई जनताले नांगेझार पार्ने बताउनुभयो । जुलुसमा नेकपा माक्र्सवादी पुष्पलाल र स्थानीय जनताहरुले समेत साथ दिएका थिए ।
पाँच दलीय मोर्चाले बन्द सफल बनाउन आब्हान समेत गरेका थिए । राष्ट्रघाती एमसीसी पास गर्नेहरुका बिरुद्ध लाग्न अपिल गर्दै मोर्चाले बन्द सफल बनाउन सबैसंग आग्रह गरेको हो ।

एमसीसीविरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा [क्रान्तिकारी माओवादी], नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र [समाजवादी] र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् ।

राष्ट्रघाती अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी] को विरोधमा आन्दोलनरत कम्युनिष्ट पाँच दल र एक मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने निर्णय गरे लगत्तै एमसीसीविरुद्ध आन्दोलन गर्दै आएका विभिन्न ५पाँच दल र एक मोर्चा बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.