Sarawal sit lahar Notis

तिनाउ हस्पिटल र सबल बहुउद्देश्यीय सहकारी संस्था बिच स्वास्थ्य सम्झौता ।

0 63

कृष्ण ढकाल
बर्दघाट,फागुन–३
सबल बहुउद्देश्यीय सहकारी संस्था ,बर्दघाट–१० भुताहा र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि बुटवल–८ सुख्खानगर विच दुई पक्षिय सम्झौता भएको छ । सहकारीका शेयर सदस्य बिरामीहरुको प्रभावकारी उपचार गर्ने गराउने बिषयमा आज दुई पक्षिय सम्झौता भएको हो ।

आज भएको सम्झौता अनुसार आगामी बर्ष २०८० साल असार ३१ गते सम्मका लागि हस्पिटल र सहकारी बीच १२ बुंधे स्वास्थ्य सम्झौता भएको संस्थाका अध्यक्ष गोबिन्द प्रसाद पौडेलले जानकारी गराउनु भएको छ ।

हस्पिटलका अध्यक्ष चिरन्जिवि श्रेष्ठ जोशी र सहकारीका अध्यक्ष गोबिन्द प्रसाद पौडेलले उक्त स्वास्थ्य सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमा सहकारीका तर्फबाट उपाध्यक्ष शंकर प्रसाद पान्डेय र सचिब रामजि चापागाइको सहभागिता रहेको थियो भने हस्पिटलका तर्फबाट श्रवण कुमार शाहको सहभागिता रहेको थियो ।

स्वास्थ्य सम्झौता अनुसार शेयर सदस्यहरुले उपचारका क्रममा संस्थाको परिचय पत्रको आधारमा ५ देखि २० प्रतिशत सम्म छुट पाउने गरी तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लिसंग सम्झौता गरीएको हकारी संस्थाका सचिब रामजि चापागाइले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.