Holi care school

प्रेस चौतारी नेपालको २४औं स्थापना दिवसका अवसरमा पत्रकार गिरी पुरस्कृत

47

कृष्ण ढकाल
बर्दघाट,माघ–२२

श्रमजीवी पत्रकारहरुको पहरेदार संस्थाका रुपमा रहेको प्रेस चौतारी नेपालको २४औं स्थापना दिवस आज देशभरका बिभिन्न स्थानमा भनाईएको छ । नवलपरासीमा पनि एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस तथा सिर्जनशिल पत्रकारीता पुरस्कार वितरण कार्य सम्पन्न् भएको छ ।

प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मेघराज गौतमको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले नवलपरासी जिल्लामा प्रेस चौतारीमा आवद्ध पत्रकारहरु अन्य संगठनका भन्दा बढी जिम्मेवार र क्रियाशिल रहेको बताउनु भएको थियो । उहांले निष्पक्ष ,सत्य र तथ्य पत्रकारीताका सवालमा होस वा विकास र खोजी पत्रकारीतामा प्रेस चौतारीमा अवद्ध पत्रकारहरु नै अगाडी रहेको बताउदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव धिरज शर्मा बस्याल,सह–सचिव रिङ्गला यादव, नवलपरासी उद्योग वाणीज्य संघका अध्यक्ष केशव भण्डारी ,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष एवं नवलपरासी जिल्लाका पूर्व अध्यक्ष बिद्रोही गिरी लगाएत पार्टीका जिल्ला कमीटी सदस्यहरु, प्रेसचौतारी नेपालका केन्द्रीय र प्रदेशका सदस्य तथा जिल्लाका सल्लाहकारहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष गौरीशंकर जयसवालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन सचिव रामु भुषालले गर्नु भएको थियो ।
उता
प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल, जिल्ला शाखा नवलपुरले नवनिर्वाचित कार्यसमितिको पदहस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम पश्चात सामुहिक तस्विर लिदै

 

प्रेस चौतारी नेपाल नवलपरासी जिल्लाका पूर्व अध्यक्ष बिद्रोही गिरी पुरस्कृत ।

पुरस्कृतगरिदै पत्रकार गिरीलाई

प्रेस चौतारी नेपालको २४औं स्थापना दिवसको अवसर पारेर आज प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीले जिल्लाका पूर्व अध्यक्ष बिद्रोही गिरीलाई सिर्जनशिल पत्रकारीता पुरस्कारवाट पुरस्कृत गरेको छ।
लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले आफ्ना छोरा स्वर्गिय शक्ति अधिकारीको स्मृतिमा स्थापना गरेको उक्त सिर्जनशिल पत्रकारीता पुरस्कारको नगर रकम सहित सम्मानपत्र र दोसल्ला ओढाएर पत्रकार गिरीलाई आज सम्मान गरीको थियो ।

नवलपरासी जिल्लामा रहेर प्रेस चौतारी नेपालको लागि गरेको योग्दानको उच्चमुल्याङ्कन गर्दे गिरीलाई सिर्जनशिल पत्रकारीता पुरस्कारवाट सम्मान गरीएको संगठनका जिल्ला अध्यक्ष मेघराज गौतमले बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल नवलपरासीले सिर्जनशिल पत्रकारीता पुरस्कारवाट यस अघिका वर्षहरुमा पत्रकार केशब पराजुली,लालकुमार भट्टराई,शेर बहादुर के.सी.,राजु रेश्मी लगाएतलाई पुरस्कृत गरीसकेको छ । बिविध कारणले केहि बर्ष रोकिएको उक्त सिर्जनशिल पत्रकारीता पुरस्कार यसबर्षवाट फेरी शुरु गरीएको छ ।