Palhinandan Notish sadabahar

लघुकथा ः ✍️ युवराज कंडेल

Bardaghat krisi Notis
0 317

✍️ युवराज कंडेल

अस्ति—
बाँदरहरुको जगजगी हेरी नसक्नु थियो लटरम्म फल फलेका रुखहरुमा बाँदरहरुको राज थियो । बाँदरहरु रखना ये पिड्न खेल्थे, छानी छानी फलफूल खान्थे । बाँदर रुखहरुमा उहुँदा रुखहरु हल्लिएर केही फलहरू भुइँमा कर्ये । भुइँमा बस्ने प्राणीहरुले ती फलहरु खान्ये. रमाउथे । कहिलेकाही कतै प्राणीले नाचेर बाँदरलाई पाया र त्यसवापत उसलाई बाँदरहरुले फलहरू खान दिन्थे ।
बाँदरको व्यवहार केही प्राणीहरुलाई पटक जन परेन । रुखमा बाँदरको एकाधिकार हुनुहुँदैन, रुखबाट भरेका फलहरु खाएर मात्र पुग्दैन । आफ्नो इच्छा अनुसार फलफूल स्थान पाउनुपर्छ भनेर केही बाठा प्राणीहरुले बाँदरको विरोध गरे। अरु प्राणीहरूले पनि फल खान पाइने आशामा विरोधमा साथ दिए । सबै प्राणीहरुले विरोध गरेपछि बाँदरहरु भागेर रुखको टुप्पामा बस्न गए ।
हिजो —
रुखहरु सबै लागि खुला भए । फल खान पाइने आशामा सबै प्राणीहरु मख्ख परे। हाँगा हल्लाएर फलफूल खसाल्दा फलफूल हराउने भएको रुखमा चडेरै फलफूल टिप्नुपर्छ भन्ने कुरा उठे सबैजना रुखमा चढ्दा रुख भाँचिन सक्छ भनेर थोरै प्राणी मात्र रुखमा चढ्ने कुरा तय भयो । केही बाठा प्राणीहरु रुख चढ्न कस्सिए, केही प्राणीहरुले उनीहरुलाई उचालेर रुखमा चढाए।
बाँदरहरूले ती प्राणीले रुख हल्लाएनन् । सबै फल टिपेर सबैलाई बाँड्नुपर्छ भनेर रुख चढेका प्राणीहरुले फल टिप्न थाले । फल खानकै पाइन्छ भनेर भुइँमा रहेका साना प्राणीहरु चुपचाप बसे । रुखमा चढेका प्राणीहरुले रुखैमा बसीबसी फल खान थाले । उनीहरुले भुइमा फल त फ्याके तर ती फलहरु उनीहरुलाई रुख चढाउने प्राणीहरुले बाहेक अरुले फेला पार्न सकेन । रुखमा चढेका प्राणीहरुले फल खाएर | मोटाउनसम्म मोटाए । फल खान पाएका भुइँमा भएका प्राणीहरुको पनि पेट भोको रहेन तर अरु प्राणीहरु भोक भोकै मर्न थाले ।
बाँदरहरुले त फल फल्ने याममा मात्र रुखमा बसेर खान्थे, अरु याममा त अन्तैबाट फल ल्याएर खान्थे तर रुख चढेका प्राणीहरुले रुख छोड्न चाहेनन् । उनीहरुले हाँगामा भएर पाकेका फल खाए, त्यसपछि काँचा फलहरु पनि खाए, फल बन्न लागेका फूलहरु र कोपिलासम्म पनि खाए । फलको खोजीमा उनीहरुले हाँगामा भएका पातहरु पनि यताउता फर्काए पातहरु चुँडेर भुइमा खसे हाँगाहरु उजाड भए ।

आज—
धेरै खाएर जीर्ण भएका केही प्राणीहरु भुईमा पछारिएका छन् केही प्राणीहरु रुखमा बस्नु ठीक रहेन छ भनेर आफै जमिनमा ओर्लेका छन् । तर धेरै प्राणीहरू जमिनमा ओर्लन चाहिरहेका छैनन् किनकि रुखको टुप्पातर्फ अझै हाँगाहरु भरिला छन् टुप्पो अझ पलाउँदैछ र टुप्पो पलाएपछि त्यसमा फेरि फल लाग्छ भन्ने करा उनीहरुले बुझेका छन् । रुखको फल स्वादिलो भएकोले अझै धेरै फल खाने इच्छा ती पाणीहरुमा छ ।
रुखको माथि बादरहरू बसेका छन् । बाँदरको सहयोगबिना रुख चढेका प्राणीले फल खान पाउने संभावना छैन । त्यसैले ती प्राणीहरुले बाँदरलाई भन्दै छन् ‘हाम्रा पुर्खाहरु पनि बाँदर थिए, हामीहरु तिमीहरुजस्तै बाँदरका सन्तान हौ।” उनीहरुको कुरा सुनेर अचेल बाँदरहरू पनि खुशी भएका छन् उनीहरूले भुइँमा भएका प्राणीलाई उफ्रेर माथि आउन निम्तो दिइरहेका छन् तर ती प्राणीहरु उफ्रन डराइरहेका छन् । रुखमा उफ्रन, हाम फाल्न । बाँदरको जस्तो अनुहार र हातखुट्टा मात्र भएर पुग्दैन रुखमा सन्तुलित भएर रहनको लागि लामो पुच्छर पनि चाहिन्छ ।
बाँदरको जस्तै पुच्छर ती प्राणीहरुसँग छ। बादरको जस्तै पुच्छर उमार्न सकिन्छ कि भनेर ती प्राणीहरूले बारम्बार आफ्नो मेरुदण्डको अन्तिम हाडलाई तानी रहेका छन् । कसैलाई थाहा छैन हाड सत्र पुच्छर उम्रन्छ कि हाड तान्दा रुखमा समातेको हात फुत्केर ती प्राणीहरु भुइँमा पछारिन्छन् ?
पुच्छर तान्न ब्यस्त भएकोले प्राणीहरुले रुखका पात, फूल र फल टिप्न भ्याएका छैनन् । त्यसैले अचेल जमिनमा भएका प्राणीहरु केही हर्षित भएका छन् फल पाक्न पायो भने १/२ बटा फल जमिनमा कसो नखस्लान् भनेर ।

 

Ban ko notis
टिप्पणिहरु
Loading...