Holi care school

सामुदायिक वन उपभोक्ता समूहहरु आन्दोलीत

41

कृष्ण ढकाल
बर्दघाट,माघ–२१

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पश्चिम नवलपरासीको अगुवाइमा सामुदायिक वन उपभोक्ता समूहहरुले विहिवार वन कार्यालयमा धर्ना दिएर विरोध जनाएका थिए।
जन विरोधी संघीय वन नियमावली र प्रदेश वन ऐन र सामुदायिक वन माथिको तेहेरो कर खारेजी गर्नु पर्ने ,सामुदायिक वनको काठ दाउरामा लगाएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने भन्दै सुनवल सब–डिभिजन वन कार्यालयमा एक घन्टा धर्ना दिएका दिएका थिए ।
विरोध गर्ने क्रममा उनीहरुले कालो ब्यानर र विभिन्न नाराहरु लेखीएका कालो कपडा लगाएर एक घण्टा धर्ना दिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पश्चिम नवलपरासीका अध्यक्ष कमल परियारले जानकारी दिनु भएको छ ।

वनको संरक्षण र दिगो वन ब्यवस्थापनको लागी अमुल्य योगदान गर्दै आएका देशभरका २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समुहको सम्बैधानिक र कानुनी अधिकार हनन् हुने गरि ल्याईएको वन नियमावली र सामुदयिक वन विरोधी प्रदेश वन ऐनहरुका आफुहरुलाई मान्य नहुने भउनीको भनाई रहेको छ ।

यसअधि केहि दिन पहिले नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदयिक वन विरोधी प्रदेश वन ऐनहरुका विरुद्ध वन विभाग परिसर बबरमहलमा एक हप्ता देखी शान्तिपुर्ण रुपमा एक घण्टे धर्ना कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र सो संस्थाका अध्यक्ष भारति पाठक लगाएत १४ जनालाई सुरक्षा निकायले ठाडो हस्तक्षेप गरि अधिकारकर्मीहरुलाई पक्राउ गरेको थियो ।
संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा एक हप्ता देखी अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटा लगाएतका अन्य वनअधिकारकर्मीहरु आन्दोलनमा पक्रउपरेका थिए ।

त्यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर के.सीसमक्ष सामुदायिक वनहरुका टोलीले डेलिकेसन समेत गएको थियो ।